नेपाली

अमेरिकी हतियार व्यापारीहरू उत्सव-शैम्पेन खोल्न व्यस्त

cri2024-02-01 18:49:52

अमेरिकी विदेश विभागद्वारा हालै प्रकाशित एउटा प्रतिवेदनले विश्वव्यापी ध्यानाकर्षण गरेको छ। सन् २०२३ मा अमेरिकी विदेशी सैन्य बिक्री १६ प्रतिशतले बढेको छ अर्थात् २ खर्ब ३८ अर्ब अमेरिकी डलरको उच्च रेकर्ड बनेको छ। ती मध्ये अमेरिकी सरकारले प्रत्यक्षरूपमा बिक्री गरेको ८० अर्ब ९० करोड अमेरिकी डलर छ जुन सन् २०२२ को तुलनामा ५६%ले वृद्धि भएको छ। अमेरिकी हतियार कम्पनीहरूको व्यावसायिक बिक्री संख्या १५ अर्ब ७५ करोड अमेरिकी डलर पुगेको छ जुन संख्या सन् २०२२ को तुलनामा २.५%ले वृद्धि भएको छ।

उक्त उल्लेखित कीर्तिमानी हतियार बिक्रीले संसार जति कम शान्त भयो भने अमेरिकालाई त्यति नै फाइदा हुन्छ भन्ने कुरा बुझाउँछ। "आधिपत्यलाई समर्थन गर्न युद्धको प्रयोग गर्ने" रणनीतिले अमेरिकी हतियार व्यापारीहरूको लागि फाइदा कमाएको छ तर विश्वलाई युद्ध र अराजकता निर्यात गरेको छ। के अमेरिकाले युक्रेनी जनताको जीवनको ख्याल राखेको छ? के अमेरिकाले अफ्ना युरोपेली सहयोगीहरुलाई भएको हानिको ख्याल गर्छ? के अमेरिकाले एसिया-प्यासिफिकका मानिसहरूको सुरक्षाको ख्याल गर्छ? अमेरिकी कन्सोर्टियम र हतियार व्यापारीहरूले यी प्रश्नको जवाफ दिन सक्दैनन् तर उत्सव-शैम्पेन खोल्न व्यस्त छन्।

Close
Messenger Pinterest LinkedIn