नेपाली

अमेरिकाले थाइवानलाई हतियार बिक्री गरेपछि चीनको प्रतिक्रिया

cri2024-01-09 18:45:45

चिनियाँ परराष्ट्र मन्त्रालयले जनवरी ७ तारिख “विदेशले जन गणतन्त्र चीनमाथि लगाउने नाकाबन्दी विरुद्ध ऐन” बमोजिम अमेरिकाका पाँच वटा हतियार व्यवसायीमाथि नाकाबन्दी लगाउने घोषणा गरेको छ। अमेरिकाले हाल थाइवानलाई नयाँ चरणको हतियार बिक्री गर्नुका साथै विभिन्न निहुँ खोजेर चिनियाँ व्यवसाय तथा चिनियाँ व्यक्तिहरुमाथि गरेको नाकाबन्दीलाई लक्षित गर्दै चीनले उक्त कदम चालेको हो।

गत वर्षको डिसेम्बरमा अमेरिकी राष्ट्रिय रक्षा मन्त्रालयले चीनको थाइवान क्षेत्रलाई ३० करोड अमेरिकी डलरको हतियार बिक्री गर्न अनुमति दिएको थियो। अमेरिकी सरकारको यस पटकको कार्यावधिमा थाइवानलाई हतियार बिक्री गरेको यो १२ औँ पटक हो। अमेरिकाको यस्तो गतिबिधिले एक मात्र चीनको सिद्धान्त र चीन तथा अमेरिका बीच हस्ताक्षरित ३ वटा संयुक्त वक्तव्य विपरीत हुनुका साथै चीन र अमेरिकाका राष्ट्रनायक बीच लोसएन्जलसमा भएको भेट-वार्तामा अमेरिकी नेताको वचनवद्धताको पनि विपरीत भएको छ।

अमेरिकी हतियार व्यवसायलाई दण्ड दिने सूचिबाट राष्ट्रिय सार्वभौमिकता तथा प्रादेशिक अक्षुण्णताको संरक्षण गर्ने सम्बन्धमा चीनको अडिग अठोट चीनले अमेरिकालाई स्पष्टसँग देखाएको छ। अमेरिकाले थाइवान क्षेत्रलाई धेरै हतियार बिक्री होस्, चीनको एकीकरणको ऐतिहासिक प्रक्रिया रोकिने छैन।

Close
Messenger Pinterest LinkedIn