नेपाली

“अझै राम्रो जीवन”मा पनि विश्वका जनताको अपेक्षा वहन

CRI2024-01-01 16:36:51

जनवरी १ तारिख चीनद्वारा उत्पादन गरिएको पहिलो क्रुज जहाज “आइ ता मो तु नम्बर”ले शांगहाईबाट व्यापारिक यात्रा शुरु गरेको छ। आठ वर्षसम्म वैज्ञानिक अनुसन्धान र पाँच वर्षसम्ममा निर्माण गरिएको उक्त क्रुज जहाजलाई विदेशी सञ्चार-माध्यमले “चीनको जहाजको निर्माण व्यवसायको एक महत्वपूर्ण कोसे-ढुंगा” भनेका छन्। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०२४ नव वर्षको शुभकामना सन्देशमा भन्नुभए झैं चीनको नवप्रवर्तन शक्ति र विकासको जीवन्त शक्ति फैलिएको छ।

भर्खरै गएको एक वर्षमध्ये चीनले तीन वर्षसम्म कोरोना भाइरस महामारीको नियन्त्रणबाट मोडेर आर्थिक विकास पुनःशुरु गरेको एक वर्ष थियो। धेरै कठिनाइ देखापरे तापनि हरेक चिनियाँले सक्दो प्रयास गरेको र ठूलो योगदान दिएका छन्।

राष्ट्राध्यक्ष सीले हाम्रो लक्ष्य भव्य हो तर सरल हो, हाम्रो लक्ष्य सर्वसाधारणले अझै राम्रो जीवन बिताउनु हो भनेर भन्नुभयो। अझै राम्रो जीवन चीनको विकासको सरल इच्छा हो र यसमा पनि विश्वका जनताको अपेक्षा बोकिएको छ।

भर्खरै गएको एक वर्षमा चीनले शान्ति, विकास र सभ्यताको आपसी सिकाईका लागि प्रयास गरेको थियो। किनभने चीनलाई थाहा छ, शान्ति र विकास सधैंको मुख्य प्रवाह हो। सहयोग र साझा विजय सधैं नै बलियो शक्ति हो।

चीनले “युक्रेन संकटको राजनीतिक समाधानसम्बन्धी चीनको अडान” र “प्यालेष्टाइन र इजरेलको भिडन्तको समाधानसम्बन्धी चीनको अडान दस्तावेज” सार्वजनिक गरेको, मध्यस्थता गर्नका लागि धेरै अधिकारीहरूलाई पठाएको छ। अन्तर्राष्ट्रिय समाजले चीनको प्रयासलाई स्वीकार गरेको छ।

विकास सबै समस्याको समाधान गर्ने कुञ्जी हो। विश्वका मुख्य आर्थिक समूहहरूमध्ये चीनको अर्थतन्त्रमा सन् २०२३को अघिल्ला त्रैमासिक अवधिमा ५.२प्रतशितले वृद्धि भएको थियो र चीन सधैं नै विश्व अर्थतन्त्रको सबैभन्दा ठूलो इंजिन बनेको छ।

चीनले चीन-मध्य एशिया शिखर मञ्च, तेस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको सफलताका साथ आयोजना गरेको थियो। ब्रिक्स परिवारले नयाँ सदस्यको स्वागत गरेको थियो। चीन र अमेरिकाका राष्ट्रानायकहरूको सान फ्रान्सिस्को भेटघाट गरिएको थियो।

सन् २०२४ नयाँ चीनको स्थापना हुने ७५औं वार्षिकोत्सव हो। चीनले विश्व न्याय र निष्पक्षताका लागि ठूलो मुलुकको दायित्व निरन्तर रुपमा देखाउने छ, उच्च स्तरीय बाह्य खुलापनलाई विस्तार गर्ने छ र विश्व अर्थतन्त्रको पुनरुत्थानलाई बढाउने छ।

नयाँ शुभारम्भमा चीनको मनमा आफू बोकिनुका साथै विश्व पनि बोकिने छ। सन् २०२४मा चीनले अन्तर्राष्ट्रिय समाजसँग मिलेर चुनौतीको सामना गर्ने र साझा समृद्धिलाई अगाडि बढाउने आशा लिएको छ।

Close
Messenger Pinterest LinkedIn