नेपाली

६० वर्षदेखि निरन्तर चिनियाँ काम

cri2023-12-30 19:35:03

हालै पैचिङमा चीनको वैदेशिक सहायता चिकित्सा टोलीको ६०औँ वार्षिकोत्सव र प्रशंसासभा सम्पन्न भयो। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सम्मेलनका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुभयो। चिनियाँ वरिष्ठ अधिकारीहरूले वैदेशिक सहायता चिकित्सा कार्यको उपलब्धिलाई पूर्ण रूपमा मान्यता दिँदै "मानव स्वास्थ्य समुदायको निर्माणलाई प्रवर्द्धन गर्न थप योगदान" गर्न प्रोत्साहित गर्नुभएको छ। यो वाक्यले चीनले किन ६० वर्षसम्म चुपचाप यस विषयमा अडिग रह्यो र गरिरहन्छ भन्ने कुरालाई प्रष्ट्याउने काम गर्छ।

चीनको कूटनीतिले सधैं विश्वलाई ध्यानमा राखेको तथ्यबाट ६० वर्षको निरन्तरताको परिणाम हो। इबोला विरुद्धको लडाईमा अफ्रिकालाई सहयोग गर्ने कामदेखि, पहेँलो ज्वरो र प्लेगको रोकथाम तथा नियन्त्रणमा धेरै देशहरूलाई सहयोग गर्न, रोग नियन्त्रण र रोकथामका लागि अफ्रिकी केन्द्रहरूको निर्माणमा सहयोग गर्न र विगत ६० वर्षहरूमा अन्तर्राष्ट्रिय महामारी विरोधी सहयोग सञ्चालन गर्ने काममा चिनियाँ वैदेशिक सहायता चिकित्सा टोलीले पसम्बनमधित देशका जनताको उच्च प्रशंसा जितेको छ।

६० वर्षको वैदेशिक सहायता चिकित्सा उपलब्धिहरू बाहिरी विश्वका लागि चीनको जिम्मेवारी पालना गर्ने एउटा झ्याल बनेको छ। आज चीनले चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रवर्द्धन गर्न सक्दो प्रयास गरिरहेको छ। विश्वको सबैभन्दा ठूलो विकासोन्मुख देशका रूपमा चीन आफ्नै विकासमा प्रतिबद्ध भए पनि अन्य विकासोन्मुख देशहरूलाई आफ्नै विकासमा सहयोग गर्न सधैँ जोड दिँदै आएको छ। विदेशी चिकित्सा सहायता यसको महत्वपूर्ण पक्ष हो।

Close
Messenger Pinterest LinkedIn