नेपाली

चिनियाँ कम्पनीहरूमाथि बेलायतको प्रतिबन्धले आफैँलाई चोट पुर्याउने

cri2023-12-20 18:41:44

भर्खरै, बेलायती मिडियाले बेलायत राष्ट्रिय ग्रिडद्वारा "सुरक्षा"को बहानामार्फत् चिनियाँ कम्पनीबाट उपलब्ध गराइएको कम्पोनेन्टहरू परित्याग गरेको खुलासा गरेको छ। बेलायत राष्ट्रिय ग्रिडले सो विषयबारे प्रत्यक्ष प्रतिक्रिया नदिएपनि एक विज्ञप्ति जारी गर्दै भनेको छ, बेलायतले "पूर्वाधारको सुरक्षा कार्यमा उच्च महत्व दिनुका साथै प्रभावकारी नियन्त्रण उपायहरूको प्रयोग गरेको छ।" केही विश्लेषकहरूले यदि यो कुरा सत्य हो भने वास्तवमा बेलायतले चिनियाँ कम्पनीहरूलाई कलंकित बनाउन खोजेको र तथाकथित "चीन खतरा" सिर्जना गरिरहेको साथै चिनियाँ कम्पनीहरूको विदेशी विकासमा बाधा पुर्‍याइरहेको औंल्याएका छन्।

वास्तवमा, बेलायतले सामना गर्ने खतरा चिनियाँ कम्पनीहरू होइनन् तर राजनीतिज्ञहरू हुन्। जुन राजनीतिज्ञहरूले जनताको हितलाई ध्यान नदिई राजनीतिक हेरफेर गरिरहेका छन्। यिनीहरूले चिनियाँ कम्पनीहरूलाई दबाउनको लागि तथाकथित "सुरक्षा"को बहाना बनाएपनि चीनको विकासलाई रोक्न सक्दैनन्।

बेलायतले चीनलाई साझेदार सम्झेर आफ्नो विकासको मौकाबारे बुझ्नुपर्छ। चीन-बेलायत सहकार्यको सही उपाय भनेको व्यावहारिक सहयोग र पारस्परिक साझा बिजय हो साथै द्विपक्षीय सम्बन्धको स्वस्थ र स्थिर विकास बढाउनु हो।

Close
Messenger Pinterest LinkedIn