नेपाली

चीनको उच्चस्तरीय खुलापन विश्वका लागि कति महत्त्वपूर्ण?

cri2023-12-19 18:50:18

यो वर्ष चीनको सुधार तथा खुलापनको ४५औं वार्षिकोत्सव हो। सुधार र खुलापनले चीनलाई गहिरो परिवर्तन गरेको मात्र नभई विश्वलाई साझा विजयको मौका पनि ल्याएको देखिन्छ। विशेष गरी विगत १० वर्षमा चीनले सक्रिय खुलापन रणनीति लागू गरेको छ र जर्मन फक्सवागन जस्ता बहुराष्ट्रिय कम्पनीहरूले यसबाट ठूलो प्रतिफल प्राप्त गरेका छन्।

विगत १० वर्ष यता चीनले २२ वटा स्वतन्त्र व्यापारिक क्षेत्र बनाएको छ भने हाइनान स्वतन्त्र व्यापार बन्दरगाहको निर्माण गरेको छ। वैदेशिक लगानी कानूनको सिर्जना गरेको छ भने बेल्ट एण्ड रोडको संयुक्त साथै उच्च गुणस्तरीय निर्माण गरेको छ। यी वास्तविकताबाट चीनको विकासको लागि खुलापन एउटा प्रमुख उपाय भएको प्रमाणित भएको छ।

त्यसोभए विश्वको लागि चीनको उच्चस्तरीय खुलापन कत्तिको महत्त्वपूर्ण छ? "खुल्नको लागि चीनको ढोका बन्द नहुने तर झन् फराकिलो भएर खुल्नेछ।" चीनको भर्खरै सम्पन्न सन् २०२३ केन्द्रीय आर्थिक कार्य सम्मेलनले विदेशका लागि उच्च स्तरको खुलापन विस्तार गर्न एक श्रृंखलावद्ध नयाँ उपायहरूको प्रस्ताव प्रस्तुत गरेको छ। चीनको प्रमुख उपायबाट ल्याइने मौका विश्वले अपेक्षा गर्न योग्य छन्।

Close
Messenger Pinterest LinkedIn