चिनियाँ पर्यटकद्वारा विश्व पर्यटन बजारलाई जिवन्तता प्रदान
संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनका अनुसार, महामारीअघि चीन नै विश्व पर्यटनको प्रमुख स्रोत थियो र सन् २०१९ मा विदेशमा गएका चिनियाँ पर्यटकहरूको संख्या करिब १५ करोड थियो। चीनमा महामारी रोकथाम र नियन्त्रणका उपायहरूको अनुकूलन र समायोजनपछि प्रवेश र बहिर्गमन प्रक्रियाहरूलाई सहज पारिएको साथै विदेशी पर्यटनको पुनः शुरू भएकोबाट विश्वव्यापी पर्यटन विकासलाई बढाउन, आर्थिक पुनरुत्थान गर्न र चीनको गैर सरकारी बैदेशिक आदानप्रदानको प्रवर्द्धन गर्नका लागि हितकर हुने विश्वास अन्तर्राष्ट्रिय समुदायले जनाएको छ।
पहाड र नदी जोडिने हाम्रो छिमेकी नेपालको लागि पनि चिनियाँ पर्यटकहरू सबैभन्दा ठूलो स्रोतहरूमध्येको एक रहँदै आएको छ। पछिल्लो समयमा हाम्रा दुई असल छिमेकीबीच सुखबर आइरहेका छन्। सन् २०२३ को नयाँ वर्षको सुरुआतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ र जनवरी १७ देखि पैचिङ-काठमाडौँ प्रत्यक्ष उडान पुनः सञ्चालन हुँदै छ। जसले नेपाली बजारमा चिनियाँ पर्यटकहरूको प्रवेशको लागि बलियो जग बसालेको छ। हालै चीन र नेपालको भविष्यको आशा राख्दा नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङले भन्नुभएजस्तै, दुई देशका जनताका लागि थप हित कल्याणको लागि सबै क्षेत्रका नेपाली साथीहरूसँग घनिष्ट रूपमा काम गरोस्।
केही दिनपछि चिनियाँ परम्परागत नयाँ वर्षको आशिर्वाद लिएर ठूलो संख्यामा चिनियाँ पर्यटकहरू नेपाल आउँदै छन्। नेपाली मित्रहरु, तपाईं तयार भयो कि?