नेपाली

स्याउ हान सौर्य माससँगै चिसो हावा बहने

criPublished: 2023-01-05 10:16:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आज जनवरी ५ तारिख, चीनका २४सौर्य मासहरू मध्येको २३औँ सौर्य मास स्याउ हान हो। स्याउ हानले चिनियाँ भाषामा कम जाडो अर्थात् सबैभन्दा जाडो मौसम नभएको अर्थ बोकेको छ। तर वर्षभरिमा यो समयमा धेरै चिसो हुन्छ। चीनमा एउटा भनाइ छः“स्याउ हानको समयमा मौसम चिसो भएर भूमिमा हिउँ जमेको हुन्छ”। यसबाट यस सौर्य मासमा कति जाडो र चिसो हुन्छ भन्ने विवरण प्रस्तुत गरिएको छ।

उत्तरी चीनमा यति बेला धेरै जाडो भए तापनि आकाशदेखि भूमिसम्मका सबै सामग्री सुन्दर हिउँ र बरफद्वारा ढाकिएको हुन्छ। यस्तै, दक्षिण भागमा केही सुन्दर जनावर र बोटबिरूवाको जीवन्त शक्तिबाट मानव जातिलाई आश्चर्यचकित् तुल्याएको छ।

चीनको दक्षिणी र उत्तरी भाग बीचको दूरि निकै टाढा भएकोले एउटै स्याउ हान सौर्य मासमा विभिन्न ठाउँका कृषि कार्य पनि फरक फरक छन्।

Share this story on

Messenger Pinterest LinkedIn