चिनियाँ सौर्य अवधि— स्याउ श्वे
नोभेम्बर २२ तारिख चीनको २४ सौर्य अवधिहरूमध्येको बीसौँ अर्थात् स्याउ श्वे हो। यस शब्दको अर्थ सानो हिउँ पर्नु हो। यो वर्षा र चिसो तापक्रमसम्बन्धीको सौर्य अवधि हो।
यसबेला वातावरण झन् झन् चिसो हुँदै जाडो बढ्नुका साथै पानी पनि पर्दछ। यो स्याउ श्वे सौर्य अवधिमा हिउँ परेमा आगामी वर्ष कृषि उत्पादनका लागि सहयोगी हुन्छ।