पहिलो तीन त्रैमासिकमा चीनका राजमार्ग र जलमार्गको स्थिर सम्पत्तिको लगानी गत वर्षको सोहि अवधिको तुलनामा ९.८ प्रतिशतले वृद्धि
अक्टुबर २८ तारिख चीनको यातायात ढुवानी मन्त्रालयले चीनको यातायात ढुवानी व्यवसायको पहिलो तीन त्रैमासिकको मुख्य तथ्याङ्क परिसूचक सार्वजनिक गरेको छ। जनवरीदेखि सेप्टेम्बरसम्म चीनको राजमार्ग र जलमार्गको यातायात स्थिर सम्पत्तिको लगानी २१खर्ब ६९अर्ब चिनियाँ युआन पुगेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ९.८ प्रतिशतले वृद्धि भएको छ।यी मध्ये राजमार्गमा २०खर्ब ५७अर्ब चिनियाँ युआन लगानी गरिएको छ र गत वर्षको सोही अवधिको तुलनामा १०प्रतिशतले वृद्धि भएको छ। चीनको बन्दरगाहको मालसामान आयात निर्यात मात्रा पहिलो तीन त्रैमासिक ११अर्ब ५५करोड ४५ लाख टन पुगेको छ र गत वर्षको सोही अवधिको तुलनामा ०.१प्रतिशतले वृद्धि भएको छ।