नेपाली

न्यानो भावना बोकेको छोङ याङ पर्व

criPublished: 2022-10-04 17:10:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर ४ तारिख अर्थात् चिनियाँ पात्रो अनुसार नवौं महिनाको नवौं दिन हो। यो दिन चिनियाँ परम्परागत चाड अर्थात् छोङ याङ पर्व पर्दछ। प्राचीनकालदेखि छोङ याङ पर्वमा पहाड चढेर प्रार्थना गर्ने, देवी देवताको पूजा आजा गर्ने र पुर्खाको सम्झना गर्ने आदि चलन रहँदै आएको छ।

नयाँ युगमा प्रवेश भएपछि छोङ याङ पर्वलाई नयाँ अर्थ पनि थपिएको छ। चिनियाँ कानुनी संस्थाले प्रत्येक वर्षको छोङ याङ पर्वलाई “जेष्ठ नागरिक दिवस” तोकेको छ। त्यसबाट वृद्ध वृद्धाको सम्मान गर्ने, माया गर्ने र उनीहरूलाई सहायता गर्ने चीन राष्ट्रको उत्कृष्ट परम्परा पनि स्पष्टसँग प्रतिबिम्बित हुन्छ।

Share this story on

Messenger Pinterest LinkedIn