नेपाली

जेनेभाका लागि चिनियाँ आबासीय प्रतिनिधि मण्डलद्वारा ७३ औं राष्ट्रिय दिवस स्वागत समारोहको आयोजना

criPublished: 2022-10-03 17:11:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जेनेभाका लागि चिनियाँ आबासीय कार्यालय र स्विट्ज्ल्याण्ड तथा अन्य अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधि छ्न स्यु, विश्व व्यापार संगठनका आबासीय प्रतिनिधि ली छ्ङ काङ, निरस्त्रीकरण राजदूत ली सोङले सँगै मिलेर जेनेभामा स्वागत समारोहको आयोजना गर्दै भब्यताका साथ जन गणतन्त्र चीन स्थापनाको ७३ औं वार्षिकोत्सव मनाउनुभएको छ।

संयुक्त राष्ट्र संघ अन्तर्गत जेनेभा कार्यालयका महाप्रबन्धक, विश्व व्यापार संगठन, विश्व बौद्धिक सम्पदा संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन, विश्व व्यापार केन्द्र र विभिन्न मुलुकका एसेम्बली लगायतका अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्ति र प्रतिनिधिहरू, जेनेभाका लागि रूस, सिंगापुर, इण्डोनेसिया, स्विज्ट्ल्याण्ड, जर्मनी, अस्ट्रेलिया, अमेरिका, ब्राजिल र केन्या आदि मुलुकका आबासीय प्रतिनिधि, राजदूत र कूटनीतिज्ञ, चिनियाँ मूलका अन्तर्राष्ट्रिय कर्मचारी, चिनियाँ र विदेशी सञ्चार माध्यम तथा विविध क्षेत्रका २०० भन्दा बढी व्यक्तिहरू सो भेलामा खुसीसाथ सहभागी हुनु भएको छ।

जेनेभाका लागि चिनियाँ आबासीय कार्यालय र स्विट्ज्ल्याण्ड तथा अन्य अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधि छ्न स्युले समारोहलाई सम्बोधन पनि गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn