नेपाली

एउटा प्रान्त “वैदेशिक व्यापारको ठूलो प्रान्त”बाट “खुलापनको ठूलो प्रान्त”सम्म

CRIPublished: 2022-10-02 17:09:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २००७ नोभेम्बरमा एउटा प्रचारप्रसार ज्यादै ध्यानाकर्षक भयो। चिनियाँ वाणिज्य मन्त्रालयको स्वीकारमा चच्याङ प्रान्तीय दलिसी ग्रुप र फ्रान्सेली शनेयडेर बिजुलीले संयुक्त पूँजी लगाएर तलीसी बिजुली लिमिडेटको स्थापना गरेका छन्। दुवै पक्षले छुट्टा-छुट्टै ५०प्रतिशत शेयर लिएका छन्।

यो सहयोग चच्याङ प्रान्तका तत्कालीन प्रमुख सी चिनफिङसित घनिष्ट सम्बन्धित छ। सहयोग छलफलमा सीले आदेश दिनुभयो, तत्काल चीनसँग ८ खर्ब अमेरिकी डलरभन्दा बढीको विदेशी मुद्रा सञ्चित थियो। अभाव भएको पूँजी होइन, उन्नतिशील प्रविधि, व्यवस्थापन र विश्वव्यापी बिक्री प्रणाली हो। चच्याझ प्रान्त “वैदेशिक व्यापारको ठूलो प्रान्त”बाट “खुलापनको ठूलो प्रान्त”सम्म अघि बढाउनुपर्छ। अन्तर्राष्ट्रिय तथा स्वदेशका दुई बजार र श्रोतको प्रयोग गरेर वैदेशिक व्यापारको वृद्धि तरिकाको सुधारलाई तीव्र पार्नुका साथै विकसित मुलुकको बजार लक्षित निर्यात उत्पादनको गुणस्तर र नाफालाई माथि उकास्नुपर्छ।

सी चिनफिङको सहयोगमा विश्वका पहिला ५०० व्यवसायमध्ये वाल्मार्ट चच्याङ प्रान्तमा प्रवेश गरेको थियो। उहाँले वैदेशिक व्यापार र खुलापनलाई प्रवर्द्धन गर्न धेरै नयाँ कदम चाल्नुभयो।

सन् २००२ अक्टोबरदेखि २००७ मार्चसम्म सी चिनफिङले चच्याङ प्रान्तमा काम गरेको ४ वर्षमा पूरै प्रान्तबाट प्रयोग गरिएको विदेशी पूँजी ३ अर्ब डलरबाट दश अर्बभन्दा बढीसम्म बढेको र जसबाट उत्पादन उद्योगको सुधार गरिएको छ। चच्याङ प्रान्त “वैदेशिक व्यापारको ठूलो प्रान्त”बाट “खुलापनको ठूलो प्रान्त”सम्ममा सुधार भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn