विदेशमा कार्यरत चिनियाँ रेलमार्ग निर्माण समूहका मजदूरहरूको कथा
संयुक्त अरब इमिरेट्समा कार्यरत चिनियाँ रेलमार्ग निर्माण समूहका मजदूरहरू सुक्खा र गर्मीको मौसम, साँस्कृतिक भिन्नता, बजारको गम्भीर चुनौतीआदि कठिनाइहरू पार भई संयुक्त अरब इमिरेट्सको “बेल्ट एण्ड रोड” परियोजनाहरूको निर्माणमा संलग्न भएका छन्। विश्वले चीनको गति, चीनको शक्ति, चीनको बुद्धिमान, चीनको चमत्कारलाई प्रत्यक्ष देख्न पाएको छ।
सन् २०२० को शुरुमा चिनियाँ रेलमार्ग निर्माण समूहअन्तर्गत अठारौं व्यूरो समूहले संयुक्त अरब इमिरेट्सको ऊम अल क्वावानको समुद्री पानी डिसेलिनेशन परियोजनाको निर्माणको बोलपत्र जितेको थियो। यो परियोजनाको उच्च मापदण्ड, जरुरी निर्माण अवधि, भारी काम रहेको तर “बेल्ट एण्ड रोड”को परियोजनाको निर्माणमा सहभागी भएकामा चिनियाँ रेलमार्ग निर्माण समूहअन्तर्गत अठारौँ व्यूरो समूहको दुबई शाखाका महाप्रबन्धक याङ थिङयुलाई गौरब लागेको छ। उहाँ भन्नुहुन्छ “म दुबई आएको सत्र वर्ष भइसक्यो। म स्थानीय १० वटाभन्दा बढी परियोजनाको निर्माणमा सहभागी भएँ। म चिनियाँ उद्योग-व्यवसाय विश्वतर्फ गइरहेको कुराको साक्षी बनेको छु। कुन परियोजनाबारे हाम्रो टोलीको गहिरो छाप परेको प्रश्न सोधेमा मेरो विचारमा समुद्री पानी डिसेलिनेशन परियोजना होला। यो परियोजनाको निर्माण गर्दा हामी धेरै कठिनाइ पार भएका थियौं।”
समुद्री पानी डिसेलिनेशन परियोजनाको निर्माण शुरु भएको बेलामा कोरोना भाइरस महामारी भएको बेला थियो। उक्त परियोजनाको सुचारु निर्माणका लागि त्यस बेलामा याङ थिङयुले दिनभरि काम गर्नुभयो। परियोजनाको सामु देखापरेको नहितकर प्रभावको तुलनामा कोरोना भाइरस महामारीले परियोजना टोलीका सदस्यहरूको मनमा पारेको प्रभाव अझै गम्भीर थियो। धेरै सदस्यहरूलाई चिन्ता र डर थियो। दुई जना चिनियाँ इन्जिनियर मध्ये चुङ फङफङ भन्छन् “म विदेश गएको यो पहिलो पटक हो। विदेशमा काम गर्ने र बस्ने कुरामा मलाई चिन्ता थियो। महामारी भएपछि ज्यादै डर लाग्यो। निर्माणको तत्स्थलमा सबैजनाले संक्रमित भइन्छ कि भन्ने चिन्ता लिएका थिए।” अर्का इन्जिनियर चाङ याउ भन्छन् “त्यस अवधिमा म भर्खरै विश्वविद्यालयबाट स्नातक भएको थिएँ। महामारी सुरु भयो। हामीलाई डर लाग्यो। महाप्रबन्धक याङले हामीसँग कुराकानी गर्नुभयो र हामीलाई सबैभन्दा अप्ठ्यारो काम पार गर्न मद्दत दिनुभयो।”
टोलीका सदस्यहरूलाई प्रोत्साहन गर्नका लागि याङ थिङयुले महामारी रोकथामसम्बन्धी ज्ञान बाँड्नुभयो, फुटबल प्रतियोगिता र बिलियर्ड बल प्रतियोगिताको संयोजना गरी सबैलाई शारीरिक कसरत गर्न निर्देशन गर्नुभयो। साथै फुर्सदमा उहाँले सबैलाई मिठो खान पकाउनुभयो। त्यसैले निर्माण टोलीले महामारी बिरुद्ध निर्माणको कीर्तिमानको सिर्जना गरेको थियो।