आदिवासी क्यानाडेलीद्वारा ९३ वटा मानव अवशेष फेला
क्यानाडाको कोलम्बिया राज्यको विलियम्स लेकका आदिबासी क्यानाडेलीले जनवरी २५ तारिख राडार लगायत प्राविधिक साधनको मद्दतबाट एक बोर्डिङ स्कूल साइटमा एक चिहान फेला पारेको छ। यो ९३ वटा मानव अवशेषको चिहान हुनसक्ने जनाइएको छ। विलियम्स लेकका पहिलो गभर्नर विली सेलर्सले केही दशकयता सेन्ट जोसेफ मिसनद्वारा बालबालिकामाथि दुर्व्यवहार तथा यातना दिइएको रिपोर्ट देखिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार केही बालबालिका बेपत्ता पारिएका छन् वा हत्या गरिएका छन्।
बोर्डिङ स्कूल प्रणाली क्यानाडा सरकारले इण्डियन कानूनबमोजिम निर्धारण गरेको नीति हो जसले आदिवासी मानिसहरूलाई आत्मसाथ गर्न बाध्य पारेको छ। सम्बन्धित् तथ्याङ्कअनुसार १,५०,००० आदिवासीका बालबालिकालाई १०० वर्षभन्दा बढी समयको अवधिमा बोर्डिङ स्कूलमा अमानवीय व्यवहार तथा यातना दिएर हत्या गरिएको छ।