अन्तर्राष्ट्रिय ओलम्पिक समितिका सदस्यद्वारा पैचिङ हिउँदे ओलम्पिक खेलकूदको तयारी कार्यको उच्च मूल्याङ्कन
अन्तर्राष्ट्रिय ओलम्पिक समितिका सदस्य, अन्तर्राष्ट्रिय ओलम्पिक समितिको बेइजिङ शीतकालीन ओलम्पिक समन्वय समितिका अध्यक्ष हुवाँ एन्टोनियो सामाराञ्च जुनियरले पैचिङ हिउँदे ओलम्पिक खेलकूद गाउँ तथा हिउँदे ओलम्पिक खेलमैदान तथा रंगशालाको निरीक्षण गर्दै चीनको सम्बन्धित् तयारी कार्यको उच्च मूल्याङ्कन गर्नुभएको छ।
उहाँका अनुसार जटिल महामारी अवस्थामा चिनियाँहरुले हार्दिक भावना देखाएर विश्वव्यापी हिउँदे खेलकूदको स्वागत गरेका छन्। उहाँले सबै स्वयमसेवकलाई धन्यवाद पनि ज्ञापन गर्नुभएको छ।