नेपाली

एसियामा सांस्कृतिक सम्पदाको संरक्षण कार्य उपलब्धिमुलक

criPublished: 2022-01-12 10:52:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हु पिङका अनुसार, यी उपलब्धिहरु बाहेक, चीनले एसियाका अरु मुलुकहरुसँग “एसियाली सांस्कृतिक सम्पदाको संरक्षण कार्यक्रम” अन्तर्गत संयुक्त वक्तव्यमा हस्ताक्षर गरी संयुक्त रुपमा पूरातत्वसम्बन्धि कार्य गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण र त्यसको जिर्णोद्धार गर्ने, विश्व सम्पदा सङ्ग्रहालयमा प्रदर्शन गर्ने, पूरातात्विक वस्तुको अवैध ओसार-पसार रोक्ने तथा योग्य व्यक्तिलाई तालिम दिने पक्षमा व्यावहारिक सहयोग जारी छ। जसबाट चीन र सम्बन्धित मुलुकहरु बीच सांस्कृतिक सम्पदाको सहयोगमा प्रेरणादायी शक्ति थपिएको छ।

विगत केही वर्षयता चीन र एसियाली मुलुकहरु बीच सांस्कृतिक सम्पदाको सहयोग फलदायक छ। चिनियाँ राष्ट्रिय पूरातात्विक वस्तु विभागका उप-प्रमुख हु पिङ चीनको पूरातत्व कार्य निरन्तर रुपमा भइरहेको जानकारी दिँदै भन्नुहुन्छ,

विगत केही वर्षयता हामीले एसियाका १५ मुलुकसँग २८ वटा संयुक्त पूरातत्वसम्बन्धि कार्य गरेका छौँ। हामीले रेशम मार्ग र समुद्री रेशम मार्गको महत्वपूर्ण अवशेषको सर्वेक्षण गरेपछि विश्व सभ्यतामा चिनियाँ सभ्यताको योगदानको प्रमाण दिएका छौँ। चीनले कम्बोडिया, मंगोलिया, उज्बेकिस्तान, नेपाल, म्यान्मार र किर्गिस्तान लगायत ६ एसियाली मुलुकसँग ११ वटा ऐतिहासिक स्थलको संरक्षण र जिर्णोद्धार परियोजना चलाएको छ। सांस्कृतिक सम्पदा सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगमा चीनलाई लाभ मिलेको छ । हाल चीनले एसियाली सांस्कृतिक सम्पदाको संरक्षण र जिर्णोद्धार सम्बन्धी सहयोगमा सक्रिय योगदान पुर्‍याइरहेको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn