चीनको सहयोगमा जिम्बाब्वेमा एक हजार वटा इनारको निर्माण
कमजोर आधारभूत प्रबन्ध, रकमको अभावआदि कारक-तत्वहरूबाट प्रभाव परेका कारण दक्षिणी अफ्रिकाको जिम्बाब्वेका धेरै क्षेत्रहरू खास गरी ग्रामीण क्षेत्रहरुमा स्वच्छ खाने पानी र जीवनमा प्रयोग गरिने पानीको अभाव छ। जसबाट संक्रामक रोग प्रायःदेखापर्छ। सन् २०१२देखि हालसम्म चीन सरकारले रकम लगाई जिम्बाब्वेका लागि एक हजार वटा इनार निर्माण गरेको छ। ती इनारहरूले जिम्बाब्वेका ग्रामीण क्षेत्रहरूमा पानीको अभावलाई शिथिल पारेका छन्। “चिनियाँ इनार”बाट जिम्बाब्वेका चार लाख जना सर्वसाधारणको जीवन परिवर्तन भएको र साथै दुई मुलुकको मित्रताको प्रतीक बनेको छ।
सेनोन्डो प्राथमिक विद्यालय जिम्बाब्वेको दक्षिण माटाबेलेलेन्ड प्रान्तको सदरमुकाम ग्वान्डाको एक प्राथमिक विद्यालय हो। यो विद्यालयको सन् १९९२मा स्थापना भएको हो। धेरै वर्षहरूयता यो विद्यालयको पानी शहरको आपूर्तिमा निर्भर थियो। तर हालैका वर्षहरूयता शहरीय पानीको आपूर्ति अस्थिर भयो। कहिले काहीँ एक महिनामा पनि पानी हुन्थेन। यो विद्यालयका एक हजार छ सय जना शिक्षकशिक्षिका र विद्यार्थीहरूको जीवनमा असर पर्यो। चालू वर्षको अगष्ट महिनामा चीन सरकारले सेनोन्डो प्राथमिक विद्यालयका लागि निर्माण गर्न सहयोग गरेको इनारको प्रयोगमा आएको थियो। सेनोन्डो प्राथमिक विद्यालयका निर्देशक जोइसी मेड्लुङग्वाले चिनियाँ इनार भएपछि विद्यार्थीहरूले सुरक्षित पानी खान पाएको कुरा बताउनुभयो। उहाँले पनि साग बगैंचा र फलफूल बगैंचामा साग र फलफूल रोप्ने र विद्यार्थीलाई पोषण उपलब्ध गराउने योजना बनाउनुभयो। उहाँ भन्नुहुन्छ “हाल पर्याप्त पानी भएका कारण मैले सहकर्मीहरूसँग साग बगैंचा, फलफूल बगैंचा र माछा पोखरीको पुनःव्यवस्थापन गर्ने र विद्यार्थीहरूलाई पोषण उपलब्ध गराउने योजना बनाएँ। भविष्यमा हाम्रो विद्यालय अझै सुन्दर बन्ने छ।”