विभिन्न मुलुकबीच नयाँ कोरोना खोप लगाउने दरमा असमानता
वितेका दश हप्तामा“नयाँ कोरोनाभाइरस खोप योजना”ले ढुवानी गरेको खोपको मात्रा यस वर्षको अघिल्ला ९ महिनाको कूल मात्राभन्दा धेरै बढेको छ। साथै केही देशहरूमा खोप लगाउने विषयमा गम्भीर चुनौती देखापरेको छ। विश्व स्वास्थ्य संगठन र यसका सहयोगात्मक साझेदारीले यी मुलुकसँग घनिष्ट सम्पर्क राख्दै यस चुनौतीको समाधान गरिरहेको छ।
डिसम्बर १४ तारिख विश्व स्वास्थ्य संगठनले नयाँ कोरोनाभाइरस नियमित पत्रकार सम्मेलनको आयोजना गरेको छ। सो क्रममा विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अधानोमले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार विभिन्न मुलुकबीच नयाँ कोरोना खोप लगाउने दरमा ठूलो असमानता रहेको छ। ४१ वटा मुलुकसँग आफ्नो मुलुकका १० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउन सक्ने क्षमता छैन। साथै ९८ वटा मुलुकमा खोप लगाउने दर ४० प्रतिशत भन्दा कम छ।