चीनद्वारा अफ्रिकाका ५३ मुलुक र अफ्रिकी संघ समितिलाई १८ करोड नयाँ कोरोना खोप प्रदान
हालै चीनद्वारा प्रदान गरिएको १० लाख नयाँ कोरोना खोप मोजाम्बिक पुगेको छ। योसँगै चीनले अफ्रिकाका ५३ मुलुक र अफ्रिकी संघ समितिलाई १८ करोड नयाँ कोरोना खोप प्रदान गरिसकेको छ।
अफ्रिका विश्वमा कोरोना महामारीबाट प्रभावित सबैभन्दा गम्भीर क्षेत्रहरुमध्ये एक हो। हालसम्म अफ्रिकामा खोप लगाउने दर ६ प्रतिशतभन्दा कम छ। हाल चर्कँदैगएको ओमीक्रोन भाइरसको फैलावटबाट खोपको वितरणमा असन्तुलनको समस्या स्पष्ट देखिएको छ। भर्खरै आयोजना भएको चीन अफ्रिका सहयोग मञ्चको आठौँ मन्त्री स्तरीय बैठकको अवसरमा चीनले अफ्रिकालाई पुनः ६० करोड निःशुल्क खोप समेटिएको १ अर्ब खोप प्रदान गर्ने बचनबद्धता गरेको छ। बैठकपछि चीनले जिबुती, सोमालिया, क्यामरुन, गाम्बिया, युगाण्डा, नाइजर आदि अफ्रिकी मुलुकलाई नयाँ ब्याचको खोप प्रदान गर्ने बचनलाई व्यवहारमा उतारिरहेको छ।