नेपाली

अफ्रिकामा १३ वर्षसम्म निर्माण कार्यमा सहभागी वै वैको कथा

criPublished: 2021-12-06 14:55:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वै वै जिम्बावेको एउटा चिनियाँ व्यवसायका मेनेजर हुनुहुन्छ। उहाँ १३ वर्षअघि चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य बन्नुभएको थियो र उहाँले १३ वर्षसम्म अफ्रिकामा रहेर काम गर्नुभएको छ। चिनियाँ व्यवसायीहरु बाहिर जाने परियोजनामा सहभागी भएर “बेल्ट एण्ड रोड” प्रस्तावको निर्माणकर्ताको हैसियतले वै वैले चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यको लगनशीलताको स्वभाव देखाउनुभएको छ।

जिम्बावेको राजधानी हरारेमा अवस्थित रोबर्ट मुगाबे अन्तर्राष्ट्रिय विमानस्थलमा च्याङ सु अन्तर्राष्ट्रिय आर्थिक तथा प्राविधिक सहयोग कम्पनीका वै वैले चिनियाँ र विदेशी टोलीको नेतृत्व गरी निर्माण कार्यमा खटिरहनुभएको छ। जसबाट मुगाबे अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार गरी जिम्बावेको आधुनिक वायु यातायातको केन्द्र बन्नसकिने छ। वै वै जानकारी दिँदै भन्नुहुन्छ,

चीन सरकार र जिम्बावे सरकार बीचको महत्वपूर्ण सहयोगात्मक परियोजनाको रुपमा हरारे अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारपछि त्यसले जिम्बावेको वाणिज्य वातावरण र विमानस्थलको गुणस्तरमा सुधार ल्याउने छ। तथापि हरारे अन्तर्राष्ट्रिय विमानस्थल नयाँ विमानस्थल होइन, त्यसको विस्तार गर्दा पुराना विमानस्थलको संचालनमा प्रभाव पार्नु हुँदैन, त्यसैले यो काम गर्न अपठ्यारो छ।

Share this story on

Messenger Pinterest LinkedIn