हिउँदसँगै कृषि कर्ममा व्यस्त
चिनियाँ पात्रो अनुसार नोभेम्बर ७ तारिखबाट चीन हिउँद ऋतुमा प्रवेश भएको छ। हिउँद ऋतु आएपछि कृषि उत्पादन प्रभावित हुने भएकोले चीनका विभिन्न ग्रामीण क्षेत्रका किसानहरू बाली भित्र्याउने काममा व्यस्त भएका छन्। खुर्सानी खेतमा, तरकारी खेतमा किसानहरू व्यस्त रहेको दृश्य देखिन्छ।