नेपाली

पा ता चु नामक पार्क

criPublished: 2021-11-05 15:12:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालीलाई जस्तै चिनियाँहरूलाई पनि पर्वतारोहण निकै मन पर्छ। आज हामी घुम्ने पा ता चु नामक पार्क चीनको पैचिङको पश्चिमी भागमा पर्दछ। यो एउटा मनमोहक दृश्य क्षेत्र हो।

पा ता चु पार्क प्रवेश गरेपछि सर्वप्रथम हामीले एक दीर्घायुको प्रतीक मानिने चिनियाँ देवताको मूर्ति देख्छौँ।

यहाँ एक जोडी पानी-हाँस देखेर धेरैले सुस्वास्थ्य र सौभाग्यको प्रार्थना गरेका छन्।

पहाड चढ्दा हामीले खाजा पसल, विशेष भोजनालय र कुबेरको मन्दिर आदि ठाउँ पार गरेका छौँ। पार्कमा आश्चर्यलाग्दो ढुङगा मूर्ति पनि देखिन्छ।

पहाड धेरै ठाडो नभएकोले वृद्धवृद्धा, बच्चा र सबैलाई पर्वतारोहण सजिलो छ। लभगभ तीन घण्टामा पहाडको शिखर पुग्नसकिन्छ। पर्वतारोहणको क्रममा बाटो छेउ प्रशस्त बोटबिरूवा भएकोले आनन्द लाग्छ।

पर्वतारोहण नगर्ने हो भने केबलवैबाट पनि जान सकिन्छ। साथै तल झर्न यहाँ स्लाइड पनि छ। यो पैचिङ सहरको सबैभन्दा लामो स्लाइड हो।

यो १७०० मिटर लामो स्लाइडबाट दश मिनेटमा तल पुग्न सकिन्छ। निकै रमाइलो छ, साथीहरू, म सँगसँगै अनुभव गरौँ।

Share this story on

Messenger Pinterest LinkedIn