लगनशीलता र मितव्ययिता मानवको साझा भाग्यसित सम्बन्धित
पृथ्वी हामी मानवजतिको साझा घरआवास हो। लगनशीलता र मितव्ययिता पृथ्वीमा रहेका हरेक राष्ट्र र देशसँग सम्बन्धित छ। हाल विश्वव्यापी जनसंख्या लगभग ७ अर्ब ६० करोड पुगेको छ। खाद्यान्न अभाव, जलवायु परिवर्तन, ऊर्जा श्रोतको संकट आदि समस्याहरू अझै जारी रहेका छन्। मानव भाग्य समुदायको तर्फबाट पृथ्वीको श्रोत पाउन र प्रयोग गर्न संयमित हुनुपर्छ। लगनशीलता र मितव्ययिता भन्ने परम्पराको कार्यान्वयन गर्दैआएको चीनले नयाँ युगमा मानव भाग्य समुदायको निर्माण अवधारणालाई व्यवहारमा उतारिरहेको छ। चीनले विश्वका विभिन्न देशहरूसँग मिलेर व्यावहारिक कार्यमार्फत् मानवजातिको साझा पृथ्वीको सुरक्षा गर्ने इच्छा राखेको छ।