नेपाली

ग्रामीण पुनरुत्थानबाट कृषि शक्तिशाली हुने, ग्रामीण क्षेत्र सुन्दर हुने, किसान धनी बन्ने

criPublished: 2021-10-29 11:06:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल चीनको हुनान प्रान्तीय छाङशा जिल्लामा आयोजना भएको चौथो चिनियाँ किसान फसल दिवसको कार्यक्रममा किसान खुङ फुचुङले खेतीपाती गर्दा गर्दा थकित भए तापनि मनमा खुशी लागेको बताए।

खुङ फुचुङ परिवारको हुनान प्रान्तीय लिउ याङ शहरमा फार्म खोलेको छ। उनले धान रोप्नुका साथै माछा पाल्छन्। उनकाअनुसार, उनले उत्पादन गरेको चामल बजारमा एक किलोग्रामको तीस युआनमा बिक्री गरिन्छ। चामलको मूल्य म‌हंगो छ तर निकै लोकप्रिय छ। चामल मिठो छ र हरियो उत्पादित-वस्तु हो। उनको चामल उच्च गुणस्तरको चामल हो र यसमा रासायिक मल प्रयोग गरिएको छैन।

खुङकाअनुसार, चालू वर्ष फसल वर्ष हो। उनको फार्ममा पचास हजार किलोग्राम धान भित्र्याइएको छ। धान र माछाको आम्दानी बीस लाख चिनियाँ युआन जति पुग्छ। स्थानीय सरकारले आधुनिक कृषि उत्पादन ढाँचाको सक्रियताका साथ प्रचार-प्रसार गरेका कारण उनले यति धेरै आम्दानी गर्न पाएका हुन्। पहिलेको उत्पादन ढाँचाको तुलनामा उनको परिवारको आम्दानीमा तीन गुणाले बृद्धि भएको छ।

खुङ फुचुङ चालू वर्ष फसल भित्र्याउने करोडौँ चिनियाँ किसानका एक सूक्ष्म प्रतिधिनि हुन्। चीन कृषिको ठूलो मुलुक हो। चीनका नेता सी चिनफिङले कुनै पनि समयमा कृषिलाई वेवास्ता गर्नुहुँदैन, किसानलाई बिर्सनुहुँदैन, ग्रामीण क्षेत्रलाई वेवास्ता गर्नुहुँदैन भन्ने कुरामा जोड दिनुभयो। साथै उहाँले भन्नुभयो, चीन शक्तिशाली हुनका लागि कृषि बलियो हुनुपर्छ, चीन सुन्दर बन्नका लागि ग्रामीण क्षेत्र सुन्दर हुनुपर्छ, चीन धनी बन्नका लागि किसान धनी बन्नुपर्छ। सन् २०२०मा चीनको गरिबी निवारणले चौतर्फी विजयी प्राप्त गरेको थियो। ९ करोड ८९ लाख ९० हजार जना ग्रामीण गरिब जनता सम्पूर्ण रुपमा गरिबीबाट मुक्त भयो। यो चिनियाँ कम्युनिष्ट पार्टीको विशाल उपलब्धि हो र पनि ग्रामीण क्षेत्रको पुनरुत्थान साकार तुल्याउने महत्वपूर्ण पाइला र किसानलाई धनी बनाउन निर्देशकीय सुदृढ पाइला हो।

ग्रामीण क्षेत्रको पुनरुत्थान साकार तुल्याउने क्रममा अन्नबालीको सुरक्षा मूलभूत पूर्वाधार हो। अन्नबाली समस्याको सधैं नै समाधान देशको शासनको प्राथमिक कार्य हो। सन् २०२०मा चीनको शरद अन्नबालीको रोपाई क्षेत्रफल १ अर्ब २९ करोड मू अर्थात् ८६ लाख हेक्टरभन्दा बढी थियो। सन् २०२१मा अन्नबालीको वार्षिक उत्पादन मात्रा ६ खर्ब ५० अर्ब किलोग्राम पुग्ने अनुमान गरिएको छ।

ग्रामीण क्षेत्रको पुनरुत्थान कृषिको आधुनिकीकरणको आवश्यक बाटो हो। ग्रामीण क्षेत्रको पुनरुत्थान साकार तुल्याउनका लागि परम्परागत कृषि त्यागिनुपर्छ र कृषिको आधुनिकीकरणमा निर्भर हुनुपर्छ। चालू वर्षको वसन्तमा खेती गर्ने क्रममा ३० हजार वटा मानवरहित विमान कृषि उत्पादनमा प्रयोग गरिएको छ। हाल चीनको गहुँ, धान, मकै गरी तीन वटा मुख्य अन्नबालीको उत्पादनमा यान्त्रीकरण हुन पुगेको छ।

ग्रामीण क्षेत्र सुन्दर बन्नु र किसान धनी बन्नु ग्रामीण क्षेत्रको पुनरुत्थानको विकास लक्ष्य हो। किसानको सुन्दर जीवन चिनियाँ कम्युनिष्ट पार्टीले सर्वसाधारणको जीवनको सुधार र विकास गर्ने उदहरण हो। चीनको राष्ट्रिय तथ्यांक व्यूरोले सार्वजनिक गरेको विज्ञप्तिअनुसार, सन् २०२०मा चीनले

“एक गाउँको एक दृश्य”नामक १२१६ वटा सुन्दर गाउँ सुधार गरेको थियो। स्वरोजगार गर्न बाहिरबाट जन्मथलो फर्केका किसानको संख्या १ करोड १ लाख पुगेको थियो। ग्रामीण क्षेत्रका वासिन्दाको प्रति व्यक्ति आम्दानी १७ हजार १३१ चिनियाँ युआन पुगेको थियो। चीनको ग्रामीण क्षेत्रको आकर्षण शक्ति बढ्दैछ। चीनका किसानहरूले साझा समृद्धिको बाटोतर्फ लम्किरहेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn