“पचास वर्षमा चीनको उपलब्धि” - संयुक्त भाग्य समुदायको निर्माणमा चीनको योगदान #चिनियाँराष्ट्राध्यक्ष
अक्टोबर २५ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त राष्ट्र संघमा जनगणतन्त्र चीनको वैधानिक सिट पुन:प्राप्तिको ५० औं वार्षिकोत्सव समारोहलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।
उहाँका अनुसार, विगत पचास वर्ष चीनले शान्ति, विकास र जनतालाई हित पुर्याएको पचास वर्ष हो। चीनले निरन्तर रूपमा शान्ति र विकास सँगसँगै सुधार तथा खुलापनको दृढ समर्थन गर्दैआएको छ। राष्ट्राध्यक्ष सीले चीनले विश्वलाई सँगसँगै प्रयास गरी विश्वका जनताबीच संयुक्त भाग्य समुदायको निर्माण गर्न आह्वान गर्नुभएको छ।
साथै राष्ट्राध्यक्ष सीले विश्वका अरू मुलुकहरू सँगसँगै मिलेर निरन्तर रूपमा एउटा सुन्दर र सुदृढ विश्वको निर्माण गर्ने इच्छा व्यक्त गर्नुभएको छ।