नेपाली वैज्ञानिक अनुसन्धाता कट्टेलको विचारमा चीनले पर्यावरणीय संरक्षण क्षेत्रको अन्तर्राष्ट्रिय सहकार्य अगाडि बढाउनका लागि गरेको प्रयासको प्रशंसा
कट्टेलले “तेस्रो ध्रुवीय वातावरण”सम्बन्धी अन्तर्राष्ट्रिय परियोजनाको अध्ययनमा संलग्न हुने योजना बनाउनुभयो। यो परियोजना चिनियाँ वैज्ञानिकहरूद्वारा स्थापना गरिएको अन्तर्राष्ट्रिय सहकार्य परियोजना हो। यो परियोजनाले छिङहाई-तिब्बत पठारभूमिको अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई अगाडि बढाउन र अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्नका लागि योगदान दिनेछ। कट्टेलकाअनुसार, “तेस्रो पोल क्षेत्र” एशियाका अनेकौं मुलुकहरूको महत्वपूर्ण जल उदगम हो। जलवायु परिवर्तनबाट एशियामा परेको चुनौतीको सामना एक मुलुकद्वारा पूरा गर्न सकिँदैन र अन्तर्राष्ट्रिय सहकार्य चाहिन्छ। उहाँले चीनले यस क्षेत्रमा गरेको प्रयासको प्रशंसा गर्नुभयो। उहाँ भन्नुहुन्छ “भारत, पाकिस्तान, नेपाललगायतका तेस्रो पोल क्षेत्र वरिपरीका मुलुकहरूले “हिमनदीको पानी खान्छन्”। त्यसैले जलवायु परिवर्तनको त्रास-धम्की केही मुलुकको कठिनाइ होइन र विभिन्न मुलुकको साझा चुनौती हो। विभिन्न मुलुकले सामना गर्न सहकार्य गर्नुपर्छ। यो “तेस्रो पोल क्षेत्र वातावरण”अन्तर्राष्ट्रिय परियोजनाको लक्ष्य हो। यो परियोजनाले अन्तर्राष्ट्रिय सहकार्य बढाउन सफल भयो। विश्वका केही क्षेत्रहरूमा शाखा केन्द्रको स्थापना गरियो। सयौं जना अन्तर्राष्ट्रिय विद्वानहरूले अनुसन्धान गर्न सहकार्य गरेका छन्।”
हाल संयुक्त राष्ट्र संघीय “जैविक विविधता सन्धि”मा हस्ताक्षर भएका पक्षहरूको सम्मेलनको पन्ध्रौं बैठक चीनको युननान प्रान्तीय खुमिङ शहरमा आयोजना हुँदैछ। कट्टेलले यस पटकको बैठकले अन्तर्राष्ट्रिय समाजले जलवायु परिवर्तनको सामना गर्न सहकार्य गर्नका लागि मौका उपलब्ध गराउनसक्ने आशा व्यक्त गर्नुभयो।