नेपाली

पैचिङ हिउँदे ओलम्पिक ज्योति ग्रीसमा प्रज्ज्वलित

criPublished: 2021-10-19 16:18:34
Share
Share this with Close
Messenger Pinterest LinkedIn

१८ तारिख मध्यान्ह सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक ज्योति ओलम्पिक खेलकुदको जन्मथलो अर्थात् ग्रीसस्थित प्राचीन ओलम्पिक भग्नावशेष मा जलाइएको छ। ग्रीसका राष्ट्रपति, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष र पैचिङ हिउँदे ओलम्पिक समितिका उपप्रमुख उक्त ज्योति प्रज्ज्वलन समारोहमा सहभागी हुनुहुन्थ्यो।

त्यसपछि, सर्वोच्च पुजारीले जलाइएको ज्योति र शान्ति तथा महिमाको प्रतिक जैतूनको हाँगालाई प्रथम ज्योतिपालक समक्ष हस्तान्तरण गर्नुभयो।

ग्रीस ओलम्पिक समितिले १९ तारिख एथेन्समा पैचिङ हिउँदे ओलम्पिक ज्योति पैचिङ हिउँदे ओलम्पिक समितिलाई हस्तान्तरण गर्नेछ। सोहि दिन पैचिङ हिउँदे ओलम्पिक समितिले विमानद्वारा उक्त टिन्डर लिएर चीन फर्कने योजना छ।

Share this story on

Messenger Pinterest LinkedIn