नेपाली

भारोत्तोलनका विश्व च्याम्पिएन शन ली च्युनको कथा-१

criPublished: 2021-09-13 08:51:06
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२१ को जुलाई २५ तारिख टोकियो ओलम्पिक खेलकुदको भारोत्तोलन खेलको हलमा पुरुष ६७ केजीको भारोत्तोलन प्रतियोगिताको फाइनलको आयोजना हुँदै छ। चिनियाँ भारोत्तोलन खेलाडी शन ली च्युनले कोलम्बियाका खेलाडी मोस्क्विराविरुद्ध स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

अहिले, भर्खरै स्न्याच प्रतियोगिता शुरु भएको छ। शन ली च्युनले पहिलो पटक उचाल्दै छन्। उनले १४५ केजीको तौल उचालेर टाउकोमाथि उठाएर तीन सेकेण्डसम्म उभिएका छन्। रेफ्रीहरुले तीनवटा सेतो बत्ती बालेर उनको उपलब्धि स्वीकार गरेका छन्।

अब कोलम्बियाका खेलाडी मोस्क्विराको पालो आएको छ। उनले १४८ केजीको तौल उठाएका छन्। जुन शन ली च्युनको भन्दा ३ केजी बढी छ। कोलम्बियाका प्रशिक्षकले खुसीका साथ कराएर ताली बजाएका छन्।

दोस्रो पटकमा शन ली च्युनले १५० केजीको तौल मागेका छन्। तथापि उनले उक्त तौल उठाएपछि उनको शरीर हल्लिन पुगेको छ र तीन सेकेण्ड नपुग्दै उक्त भारलाई भुईंमा राखेका छन्।

अब मोस्क्विराको दोस्रो पालो आएको छ। उनले १५१ केजीको तौल मागेका छन्। उनले तौल उचालेर टाउकोमाथि पुर्याएका छन्। उनी सफल भएका छन्। कोलम्बियाका प्रशिक्षकले खुसीका साथ ताली बजाएका छन्। ओलम्पिक च्याम्पिएनसिप उनीहरुको हातमा जस्तै देखिन्छ। हाल, शन ली च्युनभन्दा मोस्क्विराले ६ केजी बढी तौल उठाएका छन्।

शन ली च्युनको तेस्रो पालो आएको छ। यस पटक उनले पनि १५१ केजीको तौल मागेका छन्। तथापि दुर्भाग्यवश उनी फेरि असफल भए।

अब, पुरुष ६७ केजीको भारोत्तोलनको क्लिन एण्ड जर्क प्रतियोगिता शुरु भएको छ। शन ली च्युनले पहिलो लिफ्ट गर्न लागेका छन्। उनले १७५ केजीको तौल मागेका छन्। साथै सफल भएका छन्। मोस्क्विराले पनि समान तौल मागेका छन्। उनी पनि सफल भए। उनले यथावत रुपमा शन ली च्युनभन्दा ६ केजीको श्रेष्ठता कायम राखेका छन्।

कोलम्बियाका प्रशिक्षक धेरै गदगद भएका छन्। उनका चेला ओलम्पिक च्याम्पिएन बन्न लागेका छन्।

त्यसपछि मोस्क्विराले १८० केजीको तौल सफलताका साथ उठाएका छन्, जसबाट शन ली च्युन भन्दा उनको श्रेष्ठता ११ केजी बढेको छ। उनले हाँस्दै भारोत्तोलन चौतारो छोडेका छन्। कोलम्बियाको टोली अहिले विजय मनाउँदै छ। ११ केजीको भिन्नता भएकोले चिनियाँ खेलाडीले कसरी जित्ने सकिन्छ त?

इन्टरनेटमा सो प्रतियोगितालाई ध्यान दिने खेलकुद शौखिनहरुले शन ली च्युन हार्नसक्ने विचार गर्छन्।

प्रतियोगिता क्षेत्र बाहिरको आराम क्षेत्रमा श ली च्युन उनका प्रशिक्षक, टोलीका चिकित्सक लगायत चिनियाँ कर्मचारीहरुको घेरामा रहेका छन्। कोलम्बियाको टोलीको खुसीयाली वातावरणको तुलनामा चिनियाँ टोली धेरै गम्भिर देखिन्छ। अब उनीसमक्ष दुई अवसर छन्, उनले वर्तमान परिस्थितिलाई परिवर्तन गर्नसक्ने छन्?

Share this story on

Messenger Pinterest LinkedIn