ठूलो अटोमोबाइल देशबाट अटोमोबाइल पावरमा परिणत चीन
नोभेम्बर १४ तारिखसम्म नयाँ ऊर्जा वाहनहरूको वार्षिक उत्पादन परिमाणमा पहिलोपटक चीन उत्पादनको तथ्याङ्कबाट १ करोड नयाँ ऊर्जा वाहन निर्माण गर्ने देश बनेको छ। योसँगै विश्वमा नयाँ ऊर्जा वाहनको वार्षिक उत्पादन एक करोड पुगेको पहिलो देश चीन बनेको छ। चीन एउटा ठूलो अटोमोबाइल देशबाट अटोमोबाइल पावरमा परिणत भइरहेको छ।
विकासको बाटोमा फर्केर हेर्दा, चीनका नयाँ ऊर्जा वाहन शून्यबाट विकसित भएर वर्तमान उत्कृष्ट अवस्थामा रूपान्तरण भइरहेको छ। प्राप्त तथ्याङ्क बमोजिम, पहिलो नयाँ ऊर्जा वाहनको उत्पादनदेखि १ करोडसम्मको प्रक्रिया पूरा गर्न चीनलाई २७ वर्ष लागेको थियो। अनि उत्पादित नयाँ ऊर्जा वाहनको शुरूबाट १ करोड र त्यहाँबाट २ करोडसम्म, केवल १७ महिनामा सो आकंडा प्राप्त गरेको थियो। आजआएर, चीनका नयाँ ऊर्जा वाहनहरूको विकास फेरि तीव्र भएको छ र उत्पादन तथा बिक्रीका लागि १ करोड पुग्न ११ महिनाभन्दा कम समय लागेको छ। यसले पनि एउटा नयाँ रेकर्ड बनाएको छ।
विश्वव्यापी परिप्रेक्ष्यबाट हेर्दा, सन् २०१५ देखि, चीनको नयाँ ऊर्जा वाहन उत्पादन र बिक्री लगातार ९ वर्षसम्म विश्वमा पहिलो स्थानमा रहिरहेको छ। सन् २०२३ मा, चीनको नयाँ ऊर्जा वाहन उत्पादन र बिक्रीले विश्वको कुल उत्पादन र बिक्रीको ६०प्रतिशतभन्दा बढी ओगटेको छ। चालू वर्षको पहिलो ३ त्रैमासिकमा, चीनको नयाँ ऊर्जा वाहन निर्यातको कुल संख्या ९.२८ लाख पुगेको छ र गत वर्षको सोही अवधिको तुलनामा १२.५ प्रतिशतले वृद्धि भएको छ। उदाहरणका लागि, नेपाल भन्सारको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०२३–२०२४ मा नेपालले आयात गरेको विद्युतीय सवारी साधनको कुल संख्या ११,७०१ छ, जसमध्ये ८,०६५ वटा चीनबाट गएका हुन्। यी चमकदार तथ्याङ्कहरूबाट चीनको नयाँ ऊर्जा वाहन उद्योगको ठूलो क्षमता र प्रतिस्पर्धात्मकता, साथै हरित ऊर्जा रूपान्तरणमा चीनको प्रयासहरूलाई प्रदर्शन गरिएको छ।
सन् २०३० अघि उच्च कार्बन उत्सर्जन र सन् २०६० अघि कार्बन तटस्थता हासिल गर्ने प्रयास चीनले विश्वसामु गरेको गम्भीर बचनबद्धता हो। यसैले नयाँ ऊर्जा वाहन उद्योगको विकास ज्यादै महत्त्वपूर्ण छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले पत्रकारको प्रश्नको जवाफ दिँदै चीनको नयाँ ऊर्जा वाहन उद्योगको द्रुत विकासले चीनको सुपर-ठूलो बजारको निहित शक्तिलाई प्रतिबिम्बित मात्र गर्दैन, यसले हरित र कम कार्बन विकासलाई बढाएर विश्वव्यापी कार्बन तटस्थतामा सकारात्मक योगदान गर्ने चिनियाँ सरकारको दृढ अठोटलाई पनि दर्शाएको व्यक्त गर्नुभयो।
हाल, ईन्धन वाहन अझै पनि प्राथमिकतामा छ, तर अब नयाँ ऊर्जा वाहनको उदयमाथि विशेष ध्यान दिइनुपर्छ। सन् २०१४ मे २४ तारिख राष्ट्राध्यक्ष सी चिनफिङले शाङहाइ वाहन ग्रुपको निरीक्षण गर्दै जोड दिएअनुसार, नयाँ ऊर्जा वाहनको विकास चीनका लागि कारको ठूलो देशबाट कारको शक्तिशाली देश बन्ने आवश्यक मार्ग हो।
भविष्यमा चीनको नयाँ ऊर्जा वाहन उद्योगले दुवै गुणस्तर र मात्रामा सफलता हासिल गर्ने र सुन्दर र स्वच्छ विश्वको निर्माणमा योगदान गर्ने विश्वास छ।