जी २० शिखर सम्मेलनमा चिनियाँ आवाजप्रति विश्वको प्रतीक्षा
२० मुलुक समूह जी-२० का नेतागणको १९औँ शिखर सम्मेलन नोभेम्बर १८ देखि १९ तारिखसम्म ब्राजिलको रियो दी जेनेरियोमा आयोजना हुँदैछ। निष्पक्ष विश्व र दिगो ग्रहको स्थापना गरौँ भन्ने यस शिखर सम्मेलनको मुख्य नारा रहेको छ। बितेका केही दिनयता अन्तर्राष्ट्रिय समाजले बेग्लाबेग्लै गरी चीनले जी-२० रियो शिखर सम्मेलनमा विश्वका लागि नयाँ सुअवसर प्रदान गर्नसक्ने आशा व्यक्त गरेका छन्।
चालु वर्षको जी-२० रियो शिखर सम्मेलनको मुख्य नारा चीनको विकास विचारधारा र सैद्धान्तिक नीति अनुकूल भएको देखिन्छ। शिखर सम्मेलन अवधिमा चीनले विविध पक्षहरूसित विकास हुने प्रारूप, समान र परिपाटी सहित बहुध्रुवीय विश्व, सहिष्णु र साझा लाभ हुने विश्वव्यापीकरण अर्थतन्त्रबारे विचार-विमर्श गर्नेछ। चीनले विभिन्न मुलुकको साझा विकास र विश्वव्यापी सञ्चालनका लागि अझ बढी बुद्धिमत्ता र शक्ति ल्याउने प्रतिक्षामा विश्व रहिरहेको छ।