नेपाली

चानकेइ बन्दरगाह:“नयाँ युगमा इन्का प्राचीन मार्ग” को नयाँ आरम्भ बिन्दु

CRIPublished: 2024-11-16 16:25:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समयअनुसार नोभेम्बर १४ तारिख बेलुकी चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र पेरूका राष्ट्रपति डिना बोलुआर्टे लिमास्थित राष्ट्रपति भवनमा भिडियो तरीकामार्फत चानकेइ बन्दरगाहको उदघाटन समारोहमा भाग लिनुभएको छ। राष्ट्राधयक्ष सीले वर्तमान चानकेइ बन्दरगाह “नयाँ युगमा इन्का प्राचीन मार्ग”को नयाँ आरम्भ बिन्दु बन्दैआएको बताउनुभयो। राष्ट्राध्यक्ष सीले पेरूको राजकीय भ्रमण गर्नुभएको यो तेस्रो पटक हो। सीले एक वर्षमा राष्ट्रपति बोलुआर्टेसँग भेटघाट गर्नुभएको यो तेस्रो पटक हो। चीन र पेरूबीच “बेल्ट एण्ड रोड”को साझा निर्माण भएको परियोजनाको रुपमा चानकेइ बन्दरगाहले इन्का प्राचीन मार्गका लागि नयाँ जीवन्त शक्ति ल्याएको छ।

राष्ट्राध्यक्ष सीको पेरू भ्रमण दौरान दुई मुलुकका राष्ट्रनायकहरूले “बेल्ट एण्ड रोड”को साझा निर्माणको सहयोगात्मक परियोजना, स्वतन्त्र व्यापार सम्झौता आदि महत्वपूर्ण सहयोगात्मक दस्तावेजमा भएको हस्ताक्षरको साक्षी हुनुहुनेछ।

राष्ट्राध्यक्ष सीको यस पटकको भ्रमणले प्राप्त गरेको प्रशस्त उपलब्धिले चीन र पेरूको परम्परागत मित्रतालाई सबल पारेको, पारस्परिक हितयुक्त सहयोगलाई विस्तार गरेको, चीन र ल्याटिन-अमेरिकाको सहयोग र “ग्लोबल साउथ”को विकासका लागि नयाँ शक्ति थपिदिएको छ। चीन र पेरू प्रशान्त महासागर पार हुने “असल छिमेकीहरू”ले सधैँ नै एक अर्कालाई सुन्दर अभिवादन गर्नेछन्।

Share this story on

Messenger Pinterest LinkedIn