नेपाली

‘चिनियाँ’ बोलको गीतबाट जनताको साझा आवाज

CRIPublished: 2024-11-14 19:43:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै चिनियाँ संगीत सुपरस्टार एन्डी लिउले थाइपेइमा एकल कन्सर्टको आयोजना गर्नुभयो। सो अवसरमा एन्डी लिउ चिनियाँ शैलीको पोशाक लगाएर प्रशंसकहरूसँग ‘चिनियाँ’ बोलको गीत गाउनुभयो। जसले दर्शकहरूलाई ज्यादै उत्साहित बनाएको थियो। तर यो गीतले "ताइवान स्वतन्त्रता" तत्वहरूका हृदयलाई टुक्र्याइदिएको छ।

नोभेम्बर १३ तारिख आयोजित चिनियाँ राज्य परिषदको थाइवान मामिला कार्यालको पत्रकार सम्मेलनमा सम्वाददाताले उक्त गीतका कारणले एन्डी लिउमाथि थाइवान टापुमा रहेको हरित शिविरबाट आक्रमण भएको प्रश्न सोधेका छन्। प्रवक्ता चु फेङल्यानले जवाफ दिँदै भन्नुभयो- एन्डी लिउले थाइवानमा कन्सर्टको आयोजना गर्न थाइवानका प्रशंसकहरूबाट हार्दिक स्वागत गरिएको छ। उहाँले गाउनुभएको ‘चिनियाँ’ गीत थाइवानी संगीतकारद्वारा रचना गरिएको हो। यो शास्त्रीय गीतमा यस्तो विषय छ "हातमा हात लिएर तपाईं र मबीच फरक नगरी अगाडि बढौँ, संसारलाई हामी सबै चिनियाँ हौं भन्ने थाहा दिऔँ"। जसले तत्कालीन दर्शकबाट हार्दिक प्रतिक्रिया मात्र प्राप्त नगरी चीन र विदेशमा सबै चिनियाँहरू बीच पनि व्यापक भावना जगायो। तर ग्रीन क्याम्पका केही राजनीतिज्ञहरूले आफ्ना पुर्खालाई बिर्सेर राजनीतिक हेरफेरमार्फत् सामान्य सङ्गीत आदानप्रदानमा हस्तक्षेप गर्ने दुष्प्रयास गरेका छन्। जुन थाइवान टापुका जनमतद्वारा आलोचना गरिएको छ।

प्रवक्ता चु फेङ ल्यान भन्नुभएको जस्तै ‘चिनियाँ’ बोलको गीतले चिनियाँहरूको भावनात्मक प्रतिध्वनि जगाउँछ। जसले एक बन्धन जस्तै थाइवान जल डमरूका दुवै किनाराका देशबन्धुको हृदयलाई जोडेको छ र उनीहरूको भावना एकसाथ बाँधेको छ।

हालसालै, थाइवान जलडमरुका दुवै तर्फका युवाहरू बीच निरन्तर आदान-प्रदान र अन्तरक्रियाहरू भइरहेका छन्। थाइवानका युवाहरू मुख्य भूमिको विकास बुझ्न मुख्य भूमिका धेरै ठाउँहरूमा गहन भ्रमण गरेका छन्। तिनीहरूले हाइस्पिड रेल चढेका छन्, उच्च-प्रविधिका उद्यमहरूको भ्रमण गरेका छन् र मुख्य भूमिको आर्थिक तथा सामाजिक विकासलाई नजिकबाट महसुस गरेका छन्। भ्रमण र आदानप्रदानमार्फत थाइवान र मुख्य भूमिका युवाहरूको हृदयबीचको दूरीलाई कम पारिएको छ। साथै, थाइवान जलडमरु पार सांस्कृतिक आदान-प्रदान पनि शानदार छन्। उदाहरणका लागि, "चन हुआनको कथा", "लाङ्या पाङ", "फ्लावर्स" र "छिङ यु न्यान" जस्ता मुख्य भूमिका उत्कृष्ट टिभी शृङ्खलाहरू थाइवानमा विशेष गरी युवा पुस्तामाझ लोकप्रिय छन्। यसको पछाडि नै, थाइवान जलडमरुका दुई किनाराका उही संस्कृति र उही जरा भएको हो। थाइवान मामिला कार्यालयका प्रवक्ता चेन पिनहुआले भनेजस्तै जलडमरूमध्ये दुवैतर्फका चिनियाँहरूको साझा सांस्कृतिक जरा र साझा भावनात्मक प्रतिध्वनिलाई कम पार्न गाह्रो छ र समय बित्दै गए तापनि, पहाड र समुद्र पार गरे तापनि, र कृत्रिम रूपमा अवरुद्ध भए तापनि यस्तो गहिरो सम्बन्ध कहिल्यै परिवर्तन भएको छैन।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn