नेपाली

आयात एक्स्पोको झ्यालबाट चीनले उपलब्ध गराइरहेको एक दुर्लभ दृश्य

CRIPublished: 2024-11-11 19:13:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सातौं चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर १० तारिख सम्पन्न भएको छ। तथ्यांकअनुसार, सातौं चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोले प्रशस्त उपलब्धि हासिल गरेको छ। १२९ वटा मुलुक तथा क्षेत्रका ३४९६ वटा उद्योग-व्यवसाय प्रदर्शनमा सहभागी भए। ४५० वटा नयाँ उत्पादित वस्तु, नयाँ प्रविधि र नयाँ सेवा पहिलो पटक सार्वजनिक गरिएको र पहिलो पटक प्रदर्शन गरिएको छ।

विश्वको वातावरणबाट हेर्दा चीनले खुलापनलाई विस्तार गर्नका लागि गरेको प्रयास मूल्यवान छ। सातौं चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको बेलामा सार्वजनिक भएको “विश्व खुलापन प्रतिवेदन २०२४” अनुसार, सन् २०२३ मा विश्वको खुलापन सूचकांक सन् २०२२ को तुलनामा ०.१२ प्रतिशतले घटेको थियो। सन् २०२३ मा चीनको खुलापन सूचकांक सन् २००८ भन्दा ११.८९ प्रतिशत बढेको थियो भने विश्वको अग्रस्थानमा रहेको थियो।

चीनले आयात एक्स्पो आदि उच्च स्तरीय खुलापन चौतारो निरन्तर रुपमा उपलब्ध गराएको, सहुलियत कदम प्रस्तुत गरेको साथसाथै विदेशी उद्योग-व्यवसायले चीनमा विकासलाई विस्तार गर्ने र चीनको ठूलो बजार मौका बाँड्ने छ।

हाल धेरै विदेशी उद्योग-व्यवसायहरूले आगामी चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो बुक गरेका छन्। यसै नोभेम्बरको अन्त्यमा दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला एक्स्पोको आयोजना हुने छ। खुलापन आधुनिकीकरणका लागि चिनियाँ मार्गको द्योतक हो र पनि विश्वले चीनलाई उपलब्ध गराउने दुर्लभ वस्तु हो।

Share this story on

Messenger Pinterest LinkedIn