नेपाली

युरोपद्वारा चिनियाँ विद्युतीय गाडीमाथि थप कर

criPublished: 2024-10-31 18:36:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विभिन्न पक्षहरूको विरोधको बावजुद युरोपेली संघ परिषद्ले अक्टोबर २९ तारिख सूचना जारी गर्दै अक्टोबर ३१ तारिखदेखि चीनबाट आयात गरिने विद्युतीय गाडीमाथि एन्टी सब्सिडी कर लगाउने निर्णय गरेको छ। चीनले सो नतिजालाई अस्वीकार गर्दै विश्व व्यापार संगठनको विवाद समाधान व्यवस्था बमोजिम मुद्दा उठाएको छ।

किन चीनले उक्त नतिजालाई अस्वीकार गरेको छ? किनभने युरोपका विविध कारवाई उचित नरहेको र सम्बद्ध नियम विपरित छ। युरोपले निष्पक्ष प्रतिस्पर्धा भन्ने नाउँमा असमान प्रतिस्पर्धा गर्न खोज्दै व्यापारिक संरक्षणवाद अपनाएको छ। युरोपको यस कारवाईले चीन-युरोप व्यावसायिक लाईन र आपूर्ति लाईनको सहकार्यलाई बिगारेको मात्र नभई युरोपेली संघको लगानी वातावरण र आफ्नो हरित-परिवर्तन प्रक्रियामा पनि हानी पुर्याउनेछ।

चीनले सधैँ नै संवार्तामार्फत व्यापारिक विवादको समाधान गर्ने अडान लिँदै आएको छ। युरोपले चीनसँग एउटै दिशातर्फ हिँड्दै छिटोभन्दा छिटो गरी दुवै पक्षले स्वीकार गर्नसक्ने समाधान उपाय पत्ता लगाउनसक्ने आशा चीनले गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn