नेपाली

वैदेशिक व्यापारमा चीनका दुई "पहिलोपटक" बाट के संकेत बुझिन्छ?

criPublished: 2024-10-16 16:05:42
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै चीनको वैदेशिक व्यापारको पछिल्लो तथ्याङ्क सार्वजनिक भएपछि विभिन्न विदेशी मिडियाले टिप्पणी गरेका छन् कि “लगातार तीन त्रैमासिकमा चीनको निर्यात बढेको छ”, “कतिपय तथ्यांक नयाँ उचाइमा पुगेको छ”, “बजारले चीनको अर्थतन्त्रमा विश्वास बढाएको छ”... तथ्यांकका अनुसार, यस वर्षका अघिल्ला तीन त्रैमासिकमा चीनको वस्तु आयात र निर्यात मात्रा ३२३ खर्ब ३० अर्ब चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ५.३ प्रतिशतले बढेको छ। तीमध्ये निर्यात मात्रा ६.२ प्रतिशतले र आयात मात्रा ४.१ प्रतिशतले बढेको छ। अन्तर्राष्ट्रिय जनमतको ठहरमा विश्व अर्थतन्त्रमा सुधार भइरहेको छ तर विश्वव्यापी व्यापार संरक्षण तीव्र हुँदै गएको अवस्थामा चीनको वैदेशिक व्यापारले अपेक्षाभन्दा बढी स्थिर वृद्धि हासिल गर्न सजिलो छैन।

उल्लेख गर्न लायक के हो भने यस तथ्याङ्कमा दुई वटा "पहिलोपटक" देखिएका छन्: एक, यस वर्षका अघिल्ला तीन त्रैमासिकमा आयात र निर्यात मात्रा इतिहासमा पहिलोपटक सोही अवधिमा ३२० खर्ब युआन नाघेको छ भने गत वर्षको सोही अवधिमा ३०८ खर्ब युआन मात्र थियो; दुई, हरेक त्रैमासिकमा आयात र निर्यातको मात्रा १०० खर्ब युआन नाघेको छ साथै यो पनि इतिहासमा समान अवधिमा पहिलोपटक हो।

चीनको वैदेशिक व्यापारका दुई "पहिलोपटक" ले आफ्नो "स्थिर मात्रा र सुधारिएको गुणस्तर" मात्र प्रदर्शन गर्दैन तर विश्वलाई अझ उच्च-अन्त, बुद्धिमान र हरियो चिनियाँ उत्पादन पनि प्रदान गरेको छ। वैदेशिक व्यापार भनेको देशको आर्थिक विकासलाई प्रतिबिम्बित गर्ने "मौसम चक्र" र "ब्यारोमिटर" हो। चीनको वैदेशिक व्यापारको सकारात्मक गति निरन्तर सुदृढ हुँदै गएको छ यसले चिनियाँ अर्थतन्त्रको लचिलोपन र जीवन्तता झल्काएको छ। हाल अमेरिकाको गोल्डम्यान स्याच समूह लगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले चीनको हालको आर्थिक र बजार प्रोत्साहन उपायको आधारमा सन् २०२४ को लागि चीनको आर्थिक वृद्धि प्रक्षेपण बढाएको बताएका छन्। सबै पक्षका आँखामा चीन अझै पनि विदेशी लगानीकर्ताले छोड्न नसक्ने बजार हो, विश्वव्यापी व्यापारको पुन: प्राप्तिको लागि एक महत्त्वपूर्ण प्रेरक शक्ति हो र विश्वव्यापी आर्थिक वृद्धिको सबैभन्दा ठूलो इन्जिन पनि हो।

Share this story on

Messenger Pinterest LinkedIn