हस्तक्षेपको सामना गर्दा चीन र आशियान बीचको सहकार्य किन झन् सुदृढ?
४४ औँ र ४५ औँ आशियान शिखर सम्मेलन हालै लाओसको भियन्टाइनमा सम्पन्न भएको छ। शिखर सम्मेलन अवधिमा आयोजित २७ औँ चीन-आशियान नेतागण बैठकमा चीनका प्रधानमन्त्री ली छ्याङले चीन आशियान सहकार्यलाई गहन पार्ने ३ वटा प्रस्ताव प्रस्तुत गर्नुभएको छ। उहाँले बहुपक्षीय सम्पर्क सञ्जालको स्थापना गर्न, नयाँ उदीयमान व्यावसायिक सहकार्यको विस्तार गर्न र सांस्कृतिक आदानप्रदानलाई गहन पार्न आह्वान गर्नुभयो। त्यसबाट के प्रमाणित भएको छ भने निरन्तर रूपमा यसै क्षेत्रका मुलुकहरूसितको मित्रतालाई गहिरिँदै लैजान चीन इच्छुक छ।
यस पटकको आशियान शिखर सम्मेलन हुनुअघि र पछि केही बाह्य हस्तक्षेप देखा परेको छ। जस्तै: जापानी राजनीतिज्ञले तथाकथित एशियाली शैलीको नेटो भन्ने अवधारणा प्रस्तुत गरेका छन्। अमेरिका र फिलिपिन्सले शिखर सम्मेलनमा दक्षिण चीन सागर समस्याको दुरूपयोग गर्दै प्रतिद्वन्दीताको अवस्था निम्त्याउन खोजेका छन्। ती कारवाहीहरू यसै क्षेत्रको शान्तिपूर्ण विकासको अभिलाषा विपरीत भएकाले अन्तर्राष्ट्रिय समाजले विस्तृत आलोचना र विरोध गरेको छ।
यस पटकको आशियान सम्मेलनमा सम्पन्न मतैक्यता र प्रतिफलबाट के देखिएको छ भने शान्ति खोज्नु र विकासलाई प्रवर्द्धन गर्नु नै क्षेत्रीय मुलुकहरूको अत्यावश्यक आग्रह रहेको छ।