नेपाली

चीनको वैज्ञानिक र प्राविधिक नवीनताबाट विश्वमा "नयाँ" शक्ति थप

criPublished: 2024-10-03 16:03:18
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको राष्ट्रिय दिवसको बिदामा धेरै चिनियाँ तथा विदेशी पर्यटकले क्वीचौ प्रान्तीय पिङताङ जिल्लामा रहेको खगोलीय बस्ती घुमेका छन्। किनकि त्यहाँ विश्वको सबैभन्दा ठूलो र संवेदनशील एकल-एपर्चर रेडियो टेलिस्कोप फास्ट छ।

"फास्ट" चीनको वैज्ञानिक र प्राविधिक नवीनताको उपलब्धिहरूको एक सूक्ष्म रूप हो। विश्व बौद्धिक सम्पदा संगठनबाट प्रकाशित सन् २०२४ को ग्लोबल इनोभेसन इन्डेक्सअनुसार इनोभेसन इन्डेक्समा चीनको स्थान गत वर्षको तुलनामा एक स्थान माथि उक्लेर ११ औं स्थानमा पुगेको छ। चीन यो शीर्ष ३० मा एक मात्रै मध्यम आय भएको अर्थव्यवस्था हो।

चीनको वैज्ञानिक र प्राविधिक प्रगतिको प्राथमिक कारण आत्मनिर्भरता र आत्म-सुधारमा आधारित हुनुका साथै नवीनता र सिर्जनामा ध्यान केन्द्रित गर्नु हो।

विज्ञान तथा प्रविधिको कुनै राष्ट्रिय सीमा छैन। चीनको दृष्टिकोणबाट वैज्ञानिक र प्राविधिक नवीनता खुलापन र सहयोगबाट अविभाज्य छ। यो चीनको वैज्ञानिक र प्राविधिक प्रगतिको अर्को महत्त्वपूर्ण अनुभव हो। हाल चीनले करिब १६० देश र क्षेत्रसँग वैज्ञानिक र प्राविधिक सहयोग स्थापित गर्नुका साथै११८ अन्तरसरकारी वैज्ञानिक र प्राविधिक सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ।

यसबाहेक, चीनले विश्वव्यापी विज्ञान तथा प्रविधि नियमको तर्जुमा, एजेन्डा-सेटिङ, प्रशासन तथा सुधार र सार्वजनिक स्वास्थ्य र स्वच्छ ऊर्जालगायत विश्वव्यापी नवप्रवर्तन शासन मुद्दामा सक्रिय रूपमा भाग लिएको छ। हाल, चीनले २०० भन्दा बढी अन्तर्राष्ट्रिय संगठन र बहुपक्षीय संयन्त्रमा भाग लिएर ६० भन्दा बढी प्रमुख अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यक्रम परियोजनामा गहिरो रूपमा संलग्न गरेको छ। चीनले “ अन्तर्राष्ट्रिय विज्ञान र प्रविधि सहयोग पहल”को पनि प्रस्तुत गरेको छ।

भविष्यमा, चीनले अझ बढी नवीन प्रगति हासिल गर्ने गरी चिनियाँ शैलीको आधुनिकीकरणका लागि अझ शक्तिशाली वैज्ञानिक र प्राविधिक समर्थन प्रदान गर्ने, र विश्वको वैज्ञानिक तथा प्राविधिक नवीनता र मानव प्रगतिमा अझ बढी चिनियाँ शक्ति योगदान गर्नेछ।

Share this story on

Messenger Pinterest LinkedIn