पूर्ण मानव जातिको भविष्यलाई कसरी साकार तुल्याउने?
“विश्वका विभिन्न क्षेत्रका मानिसले शान्ति,समानता र समृद्धिमुलक भविष्यको अपेक्षा गर्दछन्। जलवायु संकटको समाधान,असमान समस्याको समाधान,प्रतिव्यक्ति सामु देखापरेका नयाँ जोखिमको सामना गर्न उनीहरुले ग्लोबल गतिविधि बढाउन आव्हान गर्दछौ,” यो संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका सचिव एन्टोनियो गुट्टेरेसले हालै राष्ट्रसंघको भविष्य शिखर सम्मेलनमा आव्हान गर्नुभएको हो। उहाँले दिन प्रतिदिन गम्भीर हुँदै गएको संकटको संयुक्त सामनाका लागि विभिन्न राष्ट्रहरुबीच एकताबद्ध एकीकरणलाई बढाउने आशा व्यक्त गर्नुभएको छ।
यो शिखर सम्मेलन यस वर्ष संयुक्त राष्ट्र संघको सबैभन्दा महत्वपूर्ण उच्च स्तरीय बैठकहरुमध्ये एक हो। संयुक्त राष्ट्र संघ, सुरक्षा परिषदको स्थायी सदस्य राष्ट्रको रुपमा चीनले यस शिखर सम्मेलनको संयोजनप्रति दृढ समर्थन दिएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङका विशेषदूत,चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले यस शिखर सम्मेलनमा शान्ति,विकास तथा समृद्धि,न्याय,अझ सुन्दर भविष्य निर्माणका लागि चार निर्णय प्रस्ताव प्रस्तुत गर्दै विभिन्न पक्षहरुले संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण गर्ने, विकासोन्मुख मुलुकको निष्पक्ष अधिकारको संरक्षण गर्ने,समावेशी तथा सहुलियतपूर्ण आर्थिक अन्तर्राष्ट्रियकरणको प्रवर्द्धन आदि विषयहरुमा जोड दिनुभएको छ।
चिनियाँ उखान छ, बाटो लामो तथा कठिन छ तर पनि अगाडि हिँडेमा अवश्य गन्तव्यमा पुगिनेछ।’ विभिन्न पक्षहरुले साझा भाग्य समुदायको विचार लिएमा एक अझै सुन्दर संसारको सपना पूरा हुनेछ।