सेवा व्यापार मेलाबाट चीनको “नयाँ” शक्ति प्रदर्शन
हाल आयोजना हुँदैआएको चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला २०२४ मा “विश्व दृष्टिकोण”का टिप्पणीकारले विश्वको अग्र विज्ञान तथा प्रविधिको अनुभव गेका छन्। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बधाई सन्देशमा भन्नुभए झैँ सेवा व्यापार मेला दश पटक सफलताका साथ आयोजना गरिसकेको छ। सेवा व्यापार मेलाले चीनको सेवा व्यवसाय र सेवा व्यापारको उच्च गुणस्तरीय विकास देखाएको, खुलापनमूलक विश्व अर्थतन्त्रको सिर्जना गर्नका लागि सकारात्मक योगदान दिएको छ।
हाल सेवा व्यापार विश्व अर्थतन्त्रको बृद्धिको मुख्य शक्ति क्रमशःबन्दैछ। विश्व व्यापार संगठनको अनुमानअनुसार, सन् २०४० सम्म अन्तर्राष्ट्रिय व्यापारमा सेवा व्यापारको अनुपात हालको २२ प्रतिशतबाट बढेर ३३ प्रतिशतभन्दा बढी पुग्ने छ। यो यस पटकको सेवा व्यापार मेलाले ८५ वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनलाई मण्डप राख्न र ४५० वटा विश्वका ५०० शक्तिशाली उद्योग-व्यवसायलाई सहभागी हुन आकर्षिण गरेको कारण हो।
चीनको वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार, सन् २०२३ मा चीनको सेवा आयात-निर्यात रकम ६५ खर्ब ७५ अर्ब ४३ करोड चिनियाँ युआन पुगेको छ भने विश्वको अग्रस्थानमा रहेको छ। यसबाट चीनको सेवा व्यापारको प्रतिस्पर्धात्मक शक्ति निरन्तर रुपमा बढेको र चीनको अर्थतन्त्रको नवप्रवर्तन शक्ति स्पष्ट रुपमा बलियो भएको कुरा प्रमाण गरिएको छ।
चिनियाँ कम्युनिष्ट पार्टी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले बाह्य खुलापनको आधारभूत राष्ट्रिय नीति पालना गर्नुपर्ने, अझै उच्च स्तरीय खुलापनमूलक अर्थतन्त्रको नयाँ प्रणालीको स्थापना गर्नुपर्ने प्रस्तुत गरेको छ। चालु वर्षको सेवा व्यापार मेलाबाट विश्वले अझै धेरै “नयाँ” शक्ति देखेको, चीनले अझै उच्च स्तरमार्फत सेवा व्यापारको उच्च गुणस्तरलाई अगाडि बढाउने अठोट देखेको, चिनियाँ शैलीको आधुनिकीकरणको ठूलो मौका देखेको छ।