नेपाली

विदेशी लगानीकर्ताहरू किन “चीनसँग निकटता कायम राख्न” चाहन्छन?

CRIPublished: 2024-09-13 16:06:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको श्यामनमा आयोजित २४औं चिनियाँ अन्तर्राष्ट्रिय लगानी व्यापार मेलामा जर्मनीको मझौला तथा स-साना उद्योग-व्यवसाय ‘हिडन च्याम्पियन’ एकेडेमीका अध्यक्ष वाल्टर ड्रिङले विगत २५ वर्षमा धेरै पटक चीनको भ्रमण गरेको र हरेक पटक समान लक्ष्य अनुसार चीनसँगको निकटता कायम राख्न रहेको बताउनुभयो। उहाँको विचारमा चीन विश्वको सबैभन्दा ठूलो बजारहरूमध्येको एक हो। चीनको बजारमा प्रवेश नगरेमा विश्व बजारमा शक्तिशाली पक्ष बन्न सकिँदैन।

सेप्टेम्बर ८ तारिखदेखि ११ तारिखसम्म आयोजित उक्त मेला चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकपछि चीनले लगानीसम्बन्धी अन्तर्राष्ट्रिय मेलाको आयोजना गरेको पहिलो मेला हो। यो मेला विदेशी लगानीकर्ताहरूले चीनबारे जानकारी लिने र मौका खोज्ने महत्वपूर्ण झ्याल बनेको छ।

बेलायतको परिशुद्धता चिकित्सा कम्पनी पी-फोर प्रिसिजन मेडिसिन एक्सिलेटर्सका सह-संस्थापक नाथन म्याकनालीले भने झैं चीन निकै खुला छ। चीनले अरु मुलुकसँग सहकार्य गर्नसक्छ। अरु मुलुकले पनि चीनबाट सहयोगात्मक मौका पाउन सक्छन्।

Share this story on

Messenger Pinterest LinkedIn