नेपाली

"नयाँ स्थिति" मा चीन र अफ्रिकालाई आधुनिकीकरणमा सहकार्यको नेतृत्व

criPublished: 2024-09-06 16:37:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सेप्टेम्बर ५ तारिखमा पैचिङमा चीन-अफ्रिका सहयोग शिखर सम्मेलन २०२४ मञ्च सुरु भयो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मञ्चको उद्घाटन समारोहमा भाग लिनुका साथै मुख्य मन्तव्य पनि दिनुभएको छ।

चीन र अफ्रिकाका सबै क्षेत्रका मानिसहरूका नजरमा पैचिङ शिखर सम्मेलनलाई नयाँ युगमा चीन-अफ्रिका सहयोगको अर्को कोसेढुङ्गाका रूपमा लिन सकिन्छ। यो पैचिङ शिखर सम्मेलन चीन-अफ्रिका सहयोग मञ्च स्थापना भएयता चौथो शिखर सम्मेलन हो। विगत एक दशक वा सोभन्दा बढी अवधिमा राष्ट्र प्रमुखहरूको कूटनीतिक रणनीतिको नेतृत्वमा, चीन-अफ्रिका सहयोग "फास्ट लेन" मा अघि बढेको छ। एउटा विश्वको सबैभन्दा ठूलो विकासोन्मुख देश हो, अर्को विकासोन्मुख देशहरूको सबैभन्दा ठूलो एकाग्रता भएको महादेश। चीन र अफ्रिकाले पछ्याएको आधुनिकीकरणको चित्र के हो? निष्पक्ष र व्यावहारिक आधुनिकीकरण, खुला र जितको आधुनिकीकरण, जनताको पहिलो आधुनिकीकरण, विविध र समावेशी आधुनिकीकरण, पर्यावरण मैत्री आधुनिकीकरण, शान्तिपूर्ण र सुरक्षित आधुनिकीकरण - शिखर सम्मेलनमा चीनले दिएको समयको जवाफ हो।

Share this story on

Messenger Pinterest LinkedIn