चीनको खुला र नवीन हरित ऊर्जा उद्योगबाट विश्वलाई हरित विकास अवसर ल्याइएको
यसबाहेक, चीन-नेपाल सहयोग सम्झौतामा तेल तथा ग्यास क्षेत्र र ऊर्जा पूर्वाधारमा पनि सहयोग समावेश छ। चीन र नेपालबीच भएको ऊर्जा सहयोग सम्झौताले दुई देशबीचको आर्थिक विकास र सहयोगलाई प्रवर्द्धन गर्ने मात्र नभई सम्पूर्ण दक्षिण एसिया क्षेत्रमा ऊर्जा अन्तरसम्बन्ध र सहयोगका लागि उपलब्धिमूलक रहेको छ।
केही वर्षयता चीनले "बेल्ट एण्ड रोड" का सह-निर्माण मुलुकहरूसँग हरित ऊर्जाको क्षेत्रमा सक्रिय रूपमा सहयोग विस्तार गरी मानिसको जीविकोपार्जनलाई फाइदा पुर्याउने धेरै "साना तर सुन्दर" परियोजनाहरूको कार्यान्वयनलाई प्रवर्द्धन गरेको छ र स्वच्छ, सुरक्षित र भरपर्दो ऊर्जा आपूर्ति योजना प्रदान गरेको छ। भविष्यमा चीनले स्वच्छ र सुन्दर संसारको निर्माण गर्न अन्य देशसँग हात मिलाउने कार्य जारी राख्नेछ। अमेरिकी मिडिया "सोलर सेल"ले रिपोर्ट गरेको झैँ चीनको हरित ऊर्जा उद्योगले आफ्नो नवीन श्रेष्ठता र उत्कृष्ट गुणस्तर लिएर विश्व ऊर्जा रूपान्तरणमा बुद्धि र बल प्रदान गर्दछ। चीनले खुला मनोवृत्तिका साथ व्यापक अन्तर्राष्ट्रिय सहयोग गरी विभिन्न मुलुकलाई हरित विकासको अवसर प्रदान गरेको छ।