नेपाली

ओलम्पिक खेलकुदमा चीनको प्रदर्शनले विश्वलाई मोहित तुल्याएको

criPublished: 2024-08-12 18:46:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

१९ दिनसम्म चलेको सन् २०२४ पेरिस ओलम्पिक खेलकुद ११ तारिख सम्पन्न भएको छ। चिनियाँ खेलकुद प्रतिनिधि मण्डलले कुल ४० स्वर्ण पदक, २७ रजत पदक र २४ काँस्य पदक जितेर विदेशी भूमिमा आयोजित ग्रीष्मकालीन ओलम्पिकमा इतिहासमै सबैभन्दा उत्कृष्ट नतिजा सिर्जना गरेको छ। यस्तो प्रदर्शनले चिनियाँ खेलकुद भावना र ओलम्पिक भावनालाई स्पष्ट रूपमा व्याख्या गरेको छ र विश्वभरका अनगिन्ती "फ्यान" लाई आकर्षित गर्दै समकालीन चीनको सुन्दर पहिचान बनाएको छ।

फ्रान्सका राष्ट्रपति म्याक्रोनले हालै सीएमजीलाई एक विशेष अन्तर्वार्ता दिँदै टेबुलटेनिस र पौडी खेललगायत विभिन्न खेलमा हासिल गरेको उपलब्धिले चीनमा उत्कृष्ट खेलाडीको विकास गर्ने क्षमता रहेको र मानिसलाई प्रेरणा दिन सक्ने कुरा प्रमाणित गरेको बताउनुभयो।

बेलायती "फाइनान्सियल टाइम्स" ले एउटा लेख प्रकाशित गरेको छ कि "देशको खेलकुदको सफलताले प्रायः फराकिलो श्रेष्ठता प्रतिनिधित्व गर्दछ।" चिनियाँ प्रतिस्पर्धात्मक खेलकुदको मुख्य शक्ति कहाँबाट आउँछ त? धेरै विश्लेषकले विभिन्न पक्षबाट विश्लेषण गरेक छन् कि चीनको व्यापक राष्ट्रिय शक्तिको निरन्तर वृद्धि छ, अन्तर्राष्ट्रिय मापदण्डअनुरूप खेलकुद प्रतियोगिताको प्रशिक्षण स्तरमा निरन्तर सुधार छ, विभिन्न क्षेत्रमा खेलकुद प्रतिभाको निरन्तर उदय भइरहेको छ, दुई पटक गरी ओलम्पिक खेलकुदको सफलताका साथ आयोजना गरेबाट खेलकुद र फिटनेसका लागि चिनियाँ जनताको उत्साहलाई धेरै उत्तेजित गरिएको छ आदि। ती सबै कारकको एकीकरणले पेरिस ओलम्पिकमा चिनियाँ खेलाडीले उत्कृष्ट नतिजा हासिल गर्न जग बसालेको छ।

विश्वका लागि ओलम्पिक खेल चीनको विकास र परिवर्तन बुझ्ने एउटा झ्याल हो। सन् १९८४ मा पहिलो ओलम्पिक स्वर्ण पदक जितेकोदेखि सन् २०२४ मा ओलम्पिक स्वर्ण पदक सूचीमा पहिलो स्थानमा परेकोसम्म विगत ४० वर्षमा ओलम्पिक खेलकुदबाट चीनको प्रतिस्पर्धात्मक खेलकुदको प्रगति, चीनको व्यापक राष्ट्रिय शक्तिको निरन्तर सुधार र ओलम्पिक खेलकुदको विकासमा चीनको महत्त्वपूर्ण योगदान देखिएको छ। भविष्यको खेलकुद क्षेत्रमा चीनले थप "दोहोरो बाली" सिर्जना गर्ने, ओलम्पिकको भावनालाई अगाडि बढाउने, विश्व शान्ति र एकताको प्रवर्द्धन गर्ने र मानव सभ्यताको प्रगतिमा चिनियाँ बुद्धि र चिनियाँ शक्तिलाई थप योगदान दिने छ।

Share this story on

Messenger Pinterest LinkedIn