नेपाली

दोहोरो मापदण्ड भएका "कालो हात" ओलम्पिकको पवित्र भूमिबाट टाढा रहनुपर्छ

criPublished: 2024-08-08 09:07:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२४ पेरिस ओलम्पिक खेलकुदका पौडी प्रतियोगिता सकिएका छन्, जहाँ चिनियाँ पौडी टोलीले २ स्वर्ण पदक, ३ रजत पदक र ७ काँस्य पदक जिते। यो विशेष उल्लेखनीय छ कि पुरुष १०० मिटर फ्रिस्टाइल फाइनलमा चिनियाँ खेलाडी फान चानलले ४६.४० सेकेन्डमा विश्व कीर्तिमान तोड्दै स्वर्ण पदक जिते ! पुरुष ४×१०० मिटर मेडले रिले फाइनलमा चिनियाँ टोलीले यस प्रतियोगितामा अमेरिकी टोलीको ४० वर्षको एकाधिकार तोडेर च्याम्पियनशिप जित्यो।

पौडी खेललाई सधैँ युरोपे र अमेरिकाको "परम्परागत शक्ति" मानिन्छ। तर चिनियाँ पौडीबाजले विश्वलाई चिनियाँको पौडी खेल्ने असीमित सम्भावना देखाउन कहिल्यै छाडेका छैनन्। केही वर्षयता चिनियाँ पौडी टोलीले उल्लेखनीय उपलब्धि हासिल गरेको छ भने धेरै उत्कृष्ट युवा खेलाडी देखा परेका छन्, यो चीनको वैज्ञानिक प्रशिक्षण विधि र खेलाडीको कडा परिश्रमबाट अविभाज्य छ। यद्यपि अमेरिका र पश्चिमका केही व्यक्तिले चिनियाँ खेलाडीको प्रयास र पसिनालाई बेवास्ता गरी चिनियाँ खेलाडीको उपलब्धिलाई "प्रतिबन्धित लागूपदार्थ" को श्रेय दिएको छ, यो आधारहीन आरोप चिनियाँ खेलाडीको व्यक्तिगत अपमान मात्र होइन चीनको अन्तर्राष्ट्रिय छविको अपमान पनि हो र ओलम्पिक भावनाको निन्दा र ध्वस्त पार्ने काम पनि हो।

जुलाई २३ तारिख विश्व पौडी महासंघले एक विज्ञप्ति जारी गर्‍यो कि चिनियाँ पौडी टोलीका खेलाडीहरू डोपिङ परीक्षणको सबैभन्दा गहन पक्षबाट गुज्रिएका छन्। सन् २०२४ जनवरी १ तारिखदेखि ४६ जना अमेरिकी पौडी खेलाडीलाई प्रतिव्यक्ति औसत ६ पटक डोपिङ परीक्षण गरिएको छ, ४१ सदस्यीय अष्ट्रेलियाली टोलीमा प्रतिव्यक्ति ४ पटक मात्र परीक्षण गरिएको छ, तर ३१ जना सदस्यीय चिनियाँ पौडी टोलीलाई प्रतिव्यक्ति औसत २१ पटक परीक्षण गरिएको छ। यस्तो उच्च आवृत्ति परीक्षणको सामना गर्दै चिनियाँ पौडी टोलीले उच्च स्तरको सहयोग देखाएको छ। चिनियाँ पौडी खेलाडी छिन हाइयाङले भनेझैँ: "शक्तिले सबै शंका तोड्न दिनुहोस्!" यो मनोवृत्तिले चिनियाँ पौडी टोलीको व्यावसायिक भावना र प्रतिस्पर्धात्मक खेलकुदको अखण्डतालाई प्रतिबिम्बित गर्दछ। विश्व एन्टी-डोपिङ एजेन्सी र विश्व पौडी महासंघ जस्ता संस्थाले पनि चिनियाँ खेलाडीले नियम वा अनुशासनको कुनै उल्लङ्घन नगरेको स्पष्ट पारेका छन्।

यसो भए तापनि केही पश्चिमा राजनीतिज्ञ र मिडियाले अझै पनि चिनियाँ खेलाडीलाई कलंकित पार्न प्रयास गरिरहेका छन् र विश्व पौडी महासंघ चीनप्रति पक्षपाती रहेको दाबी पनि गरिरहेका छन् जुन हास्यास्पद हो। लामो समयदेखि युरोपेली र अमेरिकी खेलाडीको "प्रभुत्व" भएको खेलमा एसियाका खेलाडीले यस्तो आश्चर्यजनक नतिजा हासिल गर्न सक्छन् भन्ने कुरामा उनीहरू विश्वास गर्न चाहँदैनन्। फलस्वरूप शंका र निन्दाका विभिन्न आवाज व्याप्त हुन थालेका छन्। अष्ट्रेलियाका पौडी प्रशिक्षक ब्रेट हकले भने "यदि यो सत्यभन्दा धेरै राम्रो देखिन्छ भने यो नक्कली हुने सम्भावना छ।" तिनीहरूमध्ये कोहीले चिनियाँ खेलाडी फान चानलको प्रदर्शन "धेरै अपमानजनक" थियो भन्दै औँला तेर्स्याए र कोहीले चिनियाँ पौडी टोलीमा "डोपिङ" समस्या भएको बताए।

गत अप्रिलमा जर्मन मिडियाले "सेक्रेट केस अफ डोपिङ - "चाइना फाइल" भिडियो उत्पादन गरी जानाजानी द्वेषपूर्ण रूपमा चिनियाँ पौडी टोलीको बदनाम गरेको थियो। जुलाई ३० तारिख अमेरिकाका दुई दलका सांसदले तथाकथित "विश्व एन्टी-डोपिङ एजेन्सीमाथि विश्वास पुनर्स्थापना ऐन" प्रस्ताव गरेको थियो जसले अमेरिकी औषधि नियन्त्रण नीतिको कार्यालयलाई "स्थायी अधिकार" दिएर अमेरिकी सरकारले विश्व एन्टी-डोपिङ एजेन्सीलाई वार्षिक रूपमा दिने ३० लाख अमेरिकी डलर भन्दा बढीको भुक्तानी रोक्न सक्छ। तथाकथित "विश्वास पुनर्स्थापना" ले विश्व एन्टी-डोपिङ एजेन्सीमा "अविश्वास" लाई जनाउँछ। अमेरिकी राजनीतिज्ञको निर्लज्ज रूपमा अन्तर्राष्ट्रिय समुदायको विपरित पक्षमा उभिएर पर्याप्त विश्वसनीयता र प्रभाव भएको अन्तर्राष्ट्रिय संस्थालाई ब्ल्याकमेल गर्ने आधिपत्य चकित पार्ने खालको छ।

अमेरिका र पश्चिमका केही व्यक्तिले अपनाएको "दोहोरो मापदण्ड" ले तिनीहरूको संकीर्ण विचार, हास्यास्पद पूर्वाग्रह र चिनियाँ खेलकुदको उदयको चिन्तालाई मात्र प्रकट गर्दछ। पूर्वाग्रह र कट्टरताले अन्धो भएका अमेरिकी र पश्चिमा राजनीतिज्ञ तथा मिडियालाई आफ्नो पूर्वाग्रहलाई जतिसक्दो चाँडो हटाएर ओलम्पिक खेलको शुद्ध भूमिमा आफ्नो "कालो हात" कहिल्यै नफर्काउन सल्लाह छ।

Share this story on

Messenger Pinterest LinkedIn