दोहोरो मापदण्ड भएका "कालो हात" ओलम्पिकको पवित्र भूमिबाट टाढा रहनुपर्छ
यसो भए तापनि केही पश्चिमा राजनीतिज्ञ र मिडियाले अझै पनि चिनियाँ खेलाडीलाई कलंकित पार्न प्रयास गरिरहेका छन् र विश्व पौडी महासंघ चीनप्रति पक्षपाती रहेको दाबी पनि गरिरहेका छन् जुन हास्यास्पद हो। लामो समयदेखि युरोपेली र अमेरिकी खेलाडीको "प्रभुत्व" भएको खेलमा एसियाका खेलाडीले यस्तो आश्चर्यजनक नतिजा हासिल गर्न सक्छन् भन्ने कुरामा उनीहरू विश्वास गर्न चाहँदैनन्। फलस्वरूप शंका र निन्दाका विभिन्न आवाज व्याप्त हुन थालेका छन्। अष्ट्रेलियाका पौडी प्रशिक्षक ब्रेट हकले भने "यदि यो सत्यभन्दा धेरै राम्रो देखिन्छ भने यो नक्कली हुने सम्भावना छ।" तिनीहरूमध्ये कोहीले चिनियाँ खेलाडी फान चानलको प्रदर्शन "धेरै अपमानजनक" थियो भन्दै औँला तेर्स्याए र कोहीले चिनियाँ पौडी टोलीमा "डोपिङ" समस्या भएको बताए।
गत अप्रिलमा जर्मन मिडियाले "सेक्रेट केस अफ डोपिङ - "चाइना फाइल" भिडियो उत्पादन गरी जानाजानी द्वेषपूर्ण रूपमा चिनियाँ पौडी टोलीको बदनाम गरेको थियो। जुलाई ३० तारिख अमेरिकाका दुई दलका सांसदले तथाकथित "विश्व एन्टी-डोपिङ एजेन्सीमाथि विश्वास पुनर्स्थापना ऐन" प्रस्ताव गरेको थियो जसले अमेरिकी औषधि नियन्त्रण नीतिको कार्यालयलाई "स्थायी अधिकार" दिएर अमेरिकी सरकारले विश्व एन्टी-डोपिङ एजेन्सीलाई वार्षिक रूपमा दिने ३० लाख अमेरिकी डलर भन्दा बढीको भुक्तानी रोक्न सक्छ। तथाकथित "विश्वास पुनर्स्थापना" ले विश्व एन्टी-डोपिङ एजेन्सीमा "अविश्वास" लाई जनाउँछ। अमेरिकी राजनीतिज्ञको निर्लज्ज रूपमा अन्तर्राष्ट्रिय समुदायको विपरित पक्षमा उभिएर पर्याप्त विश्वसनीयता र प्रभाव भएको अन्तर्राष्ट्रिय संस्थालाई ब्ल्याकमेल गर्ने आधिपत्य चकित पार्ने खालको छ।
अमेरिका र पश्चिमका केही व्यक्तिले अपनाएको "दोहोरो मापदण्ड" ले तिनीहरूको संकीर्ण विचार, हास्यास्पद पूर्वाग्रह र चिनियाँ खेलकुदको उदयको चिन्तालाई मात्र प्रकट गर्दछ। पूर्वाग्रह र कट्टरताले अन्धो भएका अमेरिकी र पश्चिमा राजनीतिज्ञ तथा मिडियालाई आफ्नो पूर्वाग्रहलाई जतिसक्दो चाँडो हटाएर ओलम्पिक खेलको शुद्ध भूमिमा आफ्नो "कालो हात" कहिल्यै नफर्काउन सल्लाह छ।