नेपाली

चीन र इटालीबाट "सिल्क रोड भावना" लाई किन यति महत्त्व प्रदान?

criPublished: 2024-07-30 20:17:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीन र पश्चिमाको आदानप्रदान इतिहासमा इटालीको भूमिका अद्वितीय छ। ऐतिहासिक रूपमा, प्राचीन सिल्क रोडले यी दुई प्राचीन सभ्यतालाई जोडेको थियो। करिब ७०० वर्षअघि, यात्री मार्को पोलोले चीनको भ्रमण गरेर पश्चिमी संसारका लागि चीनलाई बुझ्ने ढोका खोलिदिएका थिए। उनको कथा चीनमा ज्यादै लोकप्रिय र मित्रताको प्रतीक हो।

यस वर्ष चीन र इटालीबीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको बीसौं वार्षिकोत्सव हो। इटालीका प्रधानमन्त्री जिओर्जिय मेलोनीले आफ्नो कार्यवधिमा पहिलोपटक चीनको भ्रमण गर्नुभएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले २९ तारिख उहाँसँग पैचिङमा भेटवार्ता गर्नुभयो। उहाँहरू दुवैले "सिल्क रोड भावना"बारे प्रकट विचार गर्नुभयो। शान्ति तथा सहयोग, खुलापन तथा समावेशिता, पारस्परिक शिक्षा र पारस्परिक हितकर भन्ने विषयलाई केन्द्रित सिल्क रोड भावना चीन र इटालीको साझा सम्पत्ति भएको राष्ट्राध्यक्ष सीले जोड दिनुभयो। प्रधानमन्त्री मेलोनीका अनुसार, लामो समयदेखि फैलिएको सिल्क रोड भावनाको उतराधिकार गरेर इटाली-चीन बीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्धमा नयाँ अध्याय खोल्न इच्छुक रहेको छ।

"सिल्क रोड भावना"माथि किन दुई देशका राष्ट्रनायकले यति महत्त्व दिनुभएको छ? किनभने यो चिनियाँ र इटालियन जनताको साझा ऐतिहासिक स्मृति र सांस्कृतिक सम्पर्क मात्र नभई, यसमा समावेश गरिएको शान्ति, खुलापन र सहयोग अवधारणाले चीन-इटाली आदानप्रदानको विशेषता प्रतिबिम्बित गरेको छ। जसले विकासको प्रवृत्तिसँग अनुकुलन गर्नुका साथै युगीन मूल्य छ।

सो अवसरमा दुवै पक्षले उद्योग, शिक्षा र वातावरण संरक्षणलगायत क्षेत्रमा सहयोग दस्तावेजमा हस्ताक्षर गर्नुका साथै चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई सुदृढीकरण गर्ने सम्बन्धी ३ वर्षीय कार्ययोजना प्रकाशित गरेका छन्। यी महत्वपूर्ण सहमति र उपलब्धिहरूले चीन र इटालीको सम्बन्धको विकासमा नयाँ शक्ति थप्ने छ र चीन-यूरोप बीच आर्थिक र व्यापार सहयोग बढाउन सहयोगी हुनेछ।

"वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति निरन्तर रूपमा गहिरो रुपमा परिवर्तन भए तापनि इटालीसँगको सम्बन्धलाई महत्व दिने र विकास गर्ने चीनको इच्छामा कुनै परिवर्तन छैन, चीन-इटाली सम्बन्धमा विन-विन सहयोगको सारमा कुनै परिवर्तन छैन, र दुई देशका जनताबीचको मित्रतामा कुनै परिवर्तन छैन, राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभयो। यी तीन "अपरिवर्तनीय"बाट चीन-इटाली सम्बन्धको विकास गर्ने चीनको दृढतापूर्वक इच्छा देखाइएको छ। "सिल्क रोड भावना" को पालन गर्दै, ऐतिहासिक ज्ञानमा नयाँ अर्थ थाप्दा चीन र इटालीको सहयोग अझै गहिरो र सुदृढ हुनेछ जसले युरोप र विश्वलाई फाइदा पुर्याउने छ।

Share this story on

Messenger Pinterest LinkedIn