नेपाली

चीनको नयाँ सुधार र खुलापनबाट विश्वलाई नयाँ लाभांश

criPublished: 2024-07-22 15:59:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

"यस बैठकको एउटा केन्द्र विन्दु चीनको उच्चस्तरको खुलापनलाई विस्तार गर्ने र विश्वव्यापी विकासको प्रवर्द्धन गर्ने हो।" फिनल्याण्डको "हेलसिन्की टाइम्स" ले यस बिन्दुमा ध्यान दिएको छ। जुलाई २१ तारिख सीपीसीको तेस्रो पूर्ण बैठकले समीक्षा गरी अनुमोदन गरेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको थप व्यापक सुधार र प्रवर्द्धन गर्ने निर्णयको पूर्ण पाठ सार्वजनिक भएको छ। यसमा बाहिरी संसारलाई खुला गर्ने आधारभूत राष्ट्रिय नीतिलाई पालना गर्ने, सुधारको प्रवर्द्धन गर्न खुलापनको पालना गर्ने र नयाँ उच्चस्तरीय खुला आर्थिक प्रणालीको निर्माण गर्ने विषय रहेका छन्। विश्लेषकहरूका अनुसार चीनले बाहिरी संसारमा आफ्नो खुलापन विस्तार र चीनको नयाँ सुधार रूपरेखाले विश्वलाई थप फाइदा ल्याउने विश्वास गर्दछन्।

खुलापन चिनियाँ आधुनिकीकरणको एक विशिष्ट प्रतीक हो। २२ स्वतन्त्र व्यापार परीक्षण क्षेत्र र हाईनान स्वतन्त्र व्यापार बन्दरगाहको निर्माणदेखि क्षेत्रीय व्यापक आर्थिक साझेदारी सम्झौताको हस्ताक्षरसम्म, "बेल्ट एन्ड रोड" को उच्च गुणस्तरको संयुक्त निर्माणलाई बढावा दिनदेखि चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्सपो, चिनियाँ सेवा व्यापार मेला र उपभोक्ता प्रदर्शनी जस्ता अन्तर्राष्ट्रिय प्लेटफर्महरूको निर्माणसम्म विगत एक दशकमा चीनको खुलापनमा उल्लेखनीय कार्य भएका छन्। चीन लगातार सात वर्षदेखि विश्वको सबैभन्दा ठूलो वस्तुको व्यापारी भएको छ। यसको विदेशी लगानी लगातार ११ वर्षदेखि विश्वको शीर्ष तीनमा परेको छ र यसको पुँजी प्रवाहले विश्वका १५५ देश र क्षेत्रहरूलाई समेटेको छ।

वर्तमानमा परिवर्तनको शताब्दीको गति बढिरहेको छ। एकपक्षीयता र संरक्षणवाद बढ्दै छ, आर्थिक भूमण्डलीकरण प्रतिधाराहरूको सामना गरिरहेको छ र खुलापन बढ्दो रूपमा "दुर्भावित वस्तु" बनिरहेको छ। मानवजातिको साझा विकास समस्याहरू र वैज्ञानिक तथा प्राविधिक क्रान्ति र औद्योगिक परिवर्तनको नयाँ चरणको सामना गर्दै बाहिरी विश्वका लागि उच्च स्तरको खुलापनलाई प्रवर्द्धन गर्ने चीनको द्दढ खुलापन सुधार र विकास प्रवर्द्धन रहेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn