एकसाथ हिमालयको पवित्र तथा सफाइको रक्षा गरौँ
हालै एउटा समाचार चीनमा लोकप्रिय भयो। उक्त समाचारका अनुसार, नेपालले फेरि एकपटक सगरमाथा क्षेत्र सफाइ सुरु गरेको छ । विश्वव्यापी तापक्रमका बढ्ने प्रभावमा सगरमाथामा हिउँ छिटो पग्लँदै जाँदा ठूलो परिमाणमा फोहर र सयौं मृतकका शव क्रमशः सार्वजनिक भएका छन्। जसबाट सफाइ कार्यका सामु अझ बढी चुनौती देखा परेको छ। सफाइ टोलीले सगरमाथा र अन्य दुई हिमालमा ११ टन फोहर, चारवटा शव र एउटा कंकाल पत्ता लगाएको छ। सगरमाथा र नजिकै चुचुरामा कम्तीमा ५० टन फोहर र २०० भन्दा बढी शव पनि रहेको अनुमान गरिएको छ।
विशेष गरी हिमालय र छिङहाइ-तिब्बत पठारभूमिमा, जलवायु परिवर्तनको प्रभाव झन्-झन् स्पष्ट छ। त्यसै गरी वातावरणको संरक्षण ढिलाइ गर्नु हुँदैन। चाहे त्यो हिमालय होस्, हिमक्षेत्र होस् वा ग्लेसियर, यो सुन्दर परिदृश्य मात्र होइन, महत्त्वपूर्ण प्राकृतिक स्रोत पनि हो। सन् २०२३ मा आठ सदस्यबाट गठित अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र इसिमोडले प्रतिवेदन प्रकाशित गर्दै ग्लोबल वार्मिङका कारणले हिन्दूकुश–हिमालयन क्षेत्रमा हिमनदी, हिउँ र पर्माफ्रोस्टमा आएको परिवर्तन 'अभूतपूर्व र प्रायः अपरिवर्तनीय' रहेको चर्चा गरेको छ। हरितगृह ग्यासको उत्सर्जनलाई उल्लेखनीय रूपमा कम नपारेमा यस शताब्दीको अन्तसम्म उक्त क्षेत्रमा ग्लेसियरको कुल मात्राको ८० प्रतिशत हराउनेछ।
त्यसैले हरितगृह प्रभावलाई कम गर्न र हिमालय क्षेत्रको पर्यावरणीय वातावरणको संरक्षण गर्न ज्यादै अत्यावश्यक छ। हामीलाई खुसी लाग्यो भन्ने चीन र नेपाल दुवैले यस विषयमा गहिरोसँग बुझ्नुका साथै आ-आफ्नै तरिकामा "उनको" रक्षा गरिरहेका छन्। केही वर्षयता छिङहाई-तिब्बत पठारभूमिको पर्यावरणीय वातावरणको संरक्षणबारे चिनियाँ जनताको हृदयमा गहिरो रूपमा प्रभाव परेको छ। तिब्बतले ग्लेसियर र हिमालय क्षेत्रको स्रोतको संरक्षणलाई पनि सबल पारिरहेको छ। अझ वैज्ञानिक तरिकामार्फत् हिमाली पठारभूमिको रक्षा गर्न जसले व्यवस्थापन स्तरलाई सबल पार्नुबम साथै छिंगहाई-तिब्बत पठारभूमिको अद्वितीय भौगोलिक परिस्थिति आधारित वैज्ञानिक अनुसन्धान गरिरहेको छ।