नेपाली

चीनको वैदेशिक व्यापारको “अर्ध-वार्षिक प्रतिवेदन”मा तीन वटा स्पष्ट संकेत

CRIPublished: 2024-07-13 16:23:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चालु वर्षको पूर्वार्द्धमा चीनको वैदेशिक व्यापारको “तथ्याङ्क” जुलाई १२ तारिख सार्वजनिक गरिएको छ। उक्त प्रतिवेदनअनुसार, सामान व्यापारको आयात-निर्यात कुल रकम २११ खर्ब ७० अर्ब चिनियाँ युआन पुगेको छ र गत वर्षको तुलनामा ६.१ प्रतिशतले बृद्धि भएको छ।

चालु वर्षको पूर्वार्द्धमा चीनको आयत-निर्यात परिमाण इतिहासमा पहिलो पटक २१० खर्ब चिनियाँ युआनभन्दा बढी पुगेको हो। सामान्य सामानको आयात-निर्यातको अनुपान ६५ प्रतिशत पुगेको छ र वैदेशिक व्यापारको बृद्धिलाई बढाउने मुख्य शक्ति बनेको छ। यसका साथै नयाँ ऊर्जा स्रोत मोटर गाडी, लिथियम ब्याट्री, फोटोभोल्टिक उत्पादनहरूको प्रधानतामा रहेको “नयाँ तीन उत्पादन” विदेशी बजारमा निरन्तर रुपमा लोकप्रिय भएका छन्।

गिली मोटर गाडी समूहअनुसार, चालु वर्षको पूर्वार्द्धमा गिली समूहले निर्यात गरेका मोटर गाडीहरूको संख्या १ लाख ९० हजार पुगेको र गत गर्षको तुलनामा ६७ प्रतिशतले बृद्धि भएको छ।

अझै उच्च परिमाण र अझै उत्तम गुणस्तरको वैदेशिक व्यापारले विश्वका लागि अझै धेरै मौका ल्याउन सक्छ। विभिन्न मुलुकका लागि उत्तम गुणस्तरीय र सस्तो मूल्यका उत्पादनहरू उपलब्ध गराउनु बाहेक चीनले विभिन्न मुलुकहरूका लागि ठूलो उपभोग बजारको सिर्जना गरेको छ। चीन सरकारले खुलापनसम्बन्धी राम्रा नीतिहरू प्रस्तुत गर्नुका साथसाथै विभिन्न मुलुकका विशेषतायुक्त सामानहरूले चीनको बजारमा प्रवेश गर्न अझै सुविधा थप गरेको छ। वैदेशिक व्यापार एक मुलुकको आर्थिक जीवन्त शक्तिको विश्लेषणको महत्वपूर्ण कारक-तत्व हो। चीनको वैदेशिक व्यापारको “अर्ध -वार्षिक प्रतिवेदन”को उत्कृष्ट उपलब्धिले विश्वको आर्थिक पुनरुत्थानका लागि योगदान दिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn